पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल थापाले समितिले दिएका निर्देशनहरु मूलतः कार्यान्वन भएकोमा प्राधिकरणको प्रशंसा गर्दै बाँकी गुनासोको सुनुवाई छिटो गर्न निर्देशन दिनु भयो ।

एघार महिनाअघि समितिले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा दिएर काम गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धीहरु प्रस्तुत गर्नु भएको थियो । सांसद सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण भएका विद्यालयहरु लोभलाग्दा भएको बताउनुभयो ।

उहाँले कागजमा भिन्न नभएका तर व्यवहारमा छुट्टै बसिरहेका भूकम्प प्रभावितको समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद खिमलाल भट्टराईले धरहरा र रानीपोखरीको पुनर्निर्माणमा पछिल्लो अवस्थामा राम्रो प्रगति भएकोमा खुशी व्यक्त गर्दै तोकिएको समयमै बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकीकृत वस्तीमा रहने लाभग्राहीको टुंगो लागेरनलागेको जिज्ञासा राख्दै एकीकृत वस्तीको अवधारणा राम्रो भएको बताउनुभयो ।

सांसद रमेशप्रसाद यादवले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानै ढाँचामा परम्परागत सामग्रीहरु प्रयोग भएकोमा खुशी व्यक्त गर्दै त्यसलेगर्दा मौलिकता जोगिने धारणा व्यक्त गर्नुभयो । सांसद रामचन्द्र राईले पुनर्निर्माणले गति लिएको भन्दै प्राधिकरणको प्रंशसा गर्नु भएको थियो । उहाँले थप विश्वास आर्जन गर्ने गरी काम गर्न प्राधिकरणलाई सुझाव दिनुभयो । सांसद धनकुमारी खतिवडाले रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणबारे चासो व्यक्त गर्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माण व्यवसायीले राम्रो काम नगरेकाले अब उपभोक्ता समितिमार्फत रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्ने जानकारी दिनुभयो । सांसद कोमल वलीले एक वर्षभित्रमा पुनर्निर्माणका कामहरु सम्पन्न हुनेरनहुने बारे जिज्ञासा व्यक्त गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिले पनि बजेट मुख्य चुनौती भएको भन्दै बजेटको व्यवस्थापन भए एक वर्षभित्रमा पुनर्निर्माणका महत्वपूर्ण कामहरु सम्पन्न हुने बताउनु भयो । सांसदहरुले भारतीय एक्जिम बैंकको ऋण सहयोग, गोरखा दरबार पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीहरुको निजी आवास पुनर्निर्माण लगायतका जिज्ञासा राख्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवासमा ८६ प्रतिशत प्रगति भएको उल्लेख गर्दै पौष महिनाभित्र गुनासोहरुको सम्बोधन हुने जानकारी गराउनुभयो । धरहराको चौथो तलाको काम सम्पन्न भएको उल्लेख गर्दै उहाँले हरेक महिना दुई तलाका दरले थपिंदै जाने पनि बताउनुभयो । रानीपोखरीको काम पनि अगाडि बढिरहेको र ०७७ बैशाखमा काम सम्पन्न गर्नेगरी अघि बढेको जानकारी दिनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’ सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...

पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का :  डेढ महिनामा २८ हजार बढीको मृत्यु, विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न...

Top