ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

Best Khabar Team | २०७७ फाल्गुन २३ गते आइतबार


०७ मार्च, २०२१
काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले आधिकारिक पार्टी ठहर गरेसँगै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताका विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनै आधिकारिक भएको निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले आज कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला सुनाएको हो । सर्वोच्च अदालतको यो फैसलासँगै दाहाल र ओली अध्यक्ष रहेको नेकपाको आधिकारिकता समेत समाप्त भएको छ । कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भै सकेको भएपनि केपी ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा माओवादीले एकीकरण गरी पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गर्दै त्यसको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भै सकेका कारण उनीहरुले नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा बुझाएका थिए । लगत्तै कट्टेलले आफू नेतृत्वको नेकपा नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी भएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिट उपर सर्वोच्च अदालतले आज सुनाएको फैसला अनुसार अब कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै आधिकारिक भएको छ ।

सर्वोच्चको यो निर्णयसँगै नेकपा (एमाले) र माओवादी केन्द्र बीचको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ भने एकता पनि स्वतः भंग भएको छ । यदि अब माओवादी र एमालेले न्यायलयको निर्णयलाई मान्ने हो भने नेकपा केन्द्रको नेतृत्व दाहाल र एमालेको नेतृत्व ओलीले नै सम्हाल्नुपर्ने हुन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो

२०७७ भाद्र २८ गते आइतबार

१३ सेप्टेम्बर, २०२०काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा...

चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित) चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...

लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित) लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...

फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त

२०७७ माघ २२ गते बिहिबार

०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...

Top