Best Khabar Team | २०७७ फाल्गुन २३ गते आइतबार
०७ मार्च, २०२१
काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले आधिकारिक पार्टी ठहर गरेसँगै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताका विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनै आधिकारिक भएको निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले आज कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला सुनाएको हो । सर्वोच्च अदालतको यो फैसलासँगै दाहाल र ओली अध्यक्ष रहेको नेकपाको आधिकारिकता समेत समाप्त भएको छ । कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भै सकेको भएपनि केपी ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा माओवादीले एकीकरण गरी पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गर्दै त्यसको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भै सकेका कारण उनीहरुले नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा बुझाएका थिए । लगत्तै कट्टेलले आफू नेतृत्वको नेकपा नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी भएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिट उपर सर्वोच्च अदालतले आज सुनाएको फैसला अनुसार अब कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै आधिकारिक भएको छ ।
सर्वोच्चको यो निर्णयसँगै नेकपा (एमाले) र माओवादी केन्द्र बीचको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ भने एकता पनि स्वतः भंग भएको छ । यदि अब माओवादी र एमालेले न्यायलयको निर्णयलाई मान्ने हो भने नेकपा केन्द्रको नेतृत्व दाहाल र एमालेको नेतृत्व ओलीले नै सम्हाल्नुपर्ने हुन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...
यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...
Top