जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

Best Khabar Team | २०८२ भाद्र २५ गते बुधबार


१० सेप्टेम्बर, २०२५
बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा विकृतिका विरुद्ध आवाज उठाउँदा राज्यद्वारा गरिएको बर्बर आक्रमणमा परी ज्यान गुमाएका बीर युवाहरुको आत्मको चीर शान्तिको कामना गर्दै नेपाल बाहिर पनि शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रमहरु भैरहेका छन् । यही क्रममा मंगलबार युरोपेली मुलुक लक्जेम्बर्गको राजधानी लक्जेम्बर्गसिटीस्थित स्ट्रासेनमा श्रद्धाञ्जली तथा मैनबत्ती प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । लक्जेम्बर्गमा रहेका नेपाली समुदायको उपस्थितिमा भएको सो कार्यक्रममा सहभागीहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानमा ‘जेनजी’को अगुवाईमा भएको विरोध कार्यक्रममा ज्यान गुमाएका युवा विद्यार्थीहरुको आत्माको चीर शान्तिको कामना गर्दै मैनबत्ती बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली समुदायले आन्दोलनका क्रममा घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका थिए । शोक सभामा सहभागीहरुले नेपालमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने, युवा विद्यार्थीहरुमाथि भएको गोली प्रहारका घटनामा दोषीमाथि कडा कारबाही गर्नुपर्नेलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए । त्यस क्रममा नेपाली तथा विदेशी समुदायका व्यक्तिहरुले नेपालको नक्साको ढाँचामा तयार पारिएका मैनबत्तीहरु बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो कार्यक्रममा लक्जेम्बर्गको स्ट्रासेन नगरपालिकाका मेयर निको पुन्डेल, नेपालका लागि लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत फ्रान्कोइस प्रुमलगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालमा पछिल्ला दिनहरुमा भै रहेको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा नेपाली समुदायका अगुवाहरुसँग जिज्ञासा राखेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...

Top