बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते

Best Khabar Team | २०८२ श्रावण ५ गते सोमबार


ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । प्रशिक्षणमा रहेको सो विमान दुर्घटनामा परी विमान चालकको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बायु सेनाको एफ–सेभेन कल साईन भएको सो जेट विमान दुर्घटना ढाकाको माइलस्टोन क्याम्पसको हातामा प्राविधिक कारणले दुर्घटनामा परेको बताइएको छ ।

दियाबारी क्षेत्रमा रहेको सो क्याम्पसमा पढाई सक्किएर छुट्टिहुने बेलामा विद्यार्थीहरु कक्षाकोठाबाट बाहिरिइरहेका बेलामा एक्कासी विमान क्याम्पसको परिसरमा खसेको थियो । सो दुर्घटनामा परी १ सय ६५ जना भन्दा बढी घाइते भएका छन् । विमान दुर्घटनामा परी घाइते तथा मत्यु हुनेमा धेरैजसो सो क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान गर्न सेनाले समिति समेत गठन समेत गरेको छ । विमान दुर्घटनामा परी १९ जनाको मृत्यु तथा १६५ भन्दा बढी घाइते भएको घटनापछि सरकारले बंगलादेशमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

Top