बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते

Best Khabar Team | २०८२ श्रावण ५ गते सोमबार


ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । प्रशिक्षणमा रहेको सो विमान दुर्घटनामा परी विमान चालकको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बायु सेनाको एफ–सेभेन कल साईन भएको सो जेट विमान दुर्घटना ढाकाको माइलस्टोन क्याम्पसको हातामा प्राविधिक कारणले दुर्घटनामा परेको बताइएको छ ।

दियाबारी क्षेत्रमा रहेको सो क्याम्पसमा पढाई सक्किएर छुट्टिहुने बेलामा विद्यार्थीहरु कक्षाकोठाबाट बाहिरिइरहेका बेलामा एक्कासी विमान क्याम्पसको परिसरमा खसेको थियो । सो दुर्घटनामा परी १ सय ६५ जना भन्दा बढी घाइते भएका छन् । विमान दुर्घटनामा परी घाइते तथा मत्यु हुनेमा धेरैजसो सो क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान गर्न सेनाले समिति समेत गठन समेत गरेको छ । विमान दुर्घटनामा परी १९ जनाको मृत्यु तथा १६५ भन्दा बढी घाइते भएको घटनापछि सरकारले बंगलादेशमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

२०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत १० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...

Top