प्रदेशहरुको खबर

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा आज भएको यात्रुबाहक जीप दुर्घटनामा ३ जना पुरुष र ७ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ की २०…

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

Best Khabar Team | २०७९ चैत्र २८ गते मंगलबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ५ दर्जन बढी स्थानीयको ज्यान गएको बताइएको छ । प्रहरी र उद्दारमा खटिएका स्थानीय वासिन्दाका अनुसार भूकम्पले विशेष गरी रुकुम र जाजरकोटमा बढी जनधनको क्षति भएको छ । रुकुम पश्चिम र जाजजरकोटका विभिन्न स्थानमा भूकम्पमा परी हालसम्म करिब…

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाईँदै छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अनुसार हरेक वर्ष पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत यो वर्ष दोश्रो चरणको कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण…

मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको समूहिक हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । बाँकेको कोहलपुलबाट तालिमप्राप्त कुकुरसहित प्रहरी अधिकारीहरुको विशेष टोली आज बिहान स्थानीय मुन्दु गाउँ पुगेका हो । टोलीले आजैबाट घटनाको विषयमा विस्तृत अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मुगुले…

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर फर्केका एकै परिवारका ५ जनासहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको देबचुलीबाट पाल्पाको रानीमहल घुम्न निस्केका एकै परिवारका ६ जनाको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा परी एकै परिवारका २ महिला,…

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा नम्बर ५ को खरी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान केही घण्टाको अन्तरालमा ४ पटकसम्म भूकम्पको कम्पन महशुस गरिएको स्थानीयबासीले बताएका छन् । पहिले गएको भूकम्प ६ दशमलव १ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ…

प्रधानमन्त्री दाहाललाई पत्नीशोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सिता दाहालको आज बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पत्नी दाहालको आज बिहान उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । उनको स्वास्थ्यमा आज बिहान ८ थप समस्या देखिएपछि उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकहरुले केहीबेरपछि…

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

Best Khabar Team | २०८० मंशिर १७ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान सिन्धुलीमा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य कम्तीमा २८ घाइते भएका छन् । बा २ ख ६५९६ नम्बरको सो बस आज बिहान अन्दाजी ९ बजे २ सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटनामा…

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

Best Khabar Team | २०८० बैशाख २० गते बुधबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै विगत २ महिना देखि दिउँसोको समयमा बन्द हुँदै आएको सो सडकखण्ड आजबाट नियमित रुपमा सञ्चालनमा आउन शुरुभएको छ । पुल फराकिलो बनाउने भन्दै गएको पुस ४ गतेदेखि यो सडकखण्ड दिउँसो ४ घण्टा बन्द गरिँदै आएकोमा…

दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये २६ जनाको शव भेटिएको घटनास्थलमा उद्दारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा खटिएको प्रहरी तथा सेनाको संयुक्त उद्दार टोलीले हालसम्म २६ जनाको शव संकलन गरेको छ । दुर्घटनामा परी घाइते भएका केहीलाई अस्पतालमा उपचारका लागि…

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति एयरलाइन्सको एटिआर–७२ विमान आज बिहान पोखराको नयाँगाउँमा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमान काठमाडौंबाट पोखराका लागि उडेको र पोखरा विमानस्थलमा अवतरण पूर्व दुर्घटनामा परेको बताइएको छ । यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको सो विमानमा चालक दलका ४ जना सहित कुल ७२ जना यात्रु रहेको…

काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

Best Khabar Team | २०८० आश्विन १४ गते आइतबार

१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं महानगरपालिकाभित्र अब उप्रान्त ठेलागाडा र साइकलमा व्यापार व्यवसाय गर्न नपाईने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर आजैका मितिदेखि लागूहुने गरी साइकल र ठेलागाडामा सामान राखेर सडकमा गरिने व्यापारमाथि प्रतिबन्ध लगाएको जनाएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका भित्रका सडकहरुमा साइकल, गेठागाडा तथा अन्य…

दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

Best Khabar Team | २०७८ मंशिर २४ गते शुक्रबार

१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी आउँदै गरेको यात्रुबाहक बस छायानाथरारामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएपनि अन्यको भने उद्दार गरी उपचारार्थ अस्पताल लैजाने क्रममा र अस्पतालमा ज्यान गएको हो । प्रहरीले दिएको ताजा जानकारी अनुसार घटनास्थलबाट…

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

Best Khabar Team | २०७७ पुष २४ गते शुक्रबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ । अबिरल बर्षासँगै आएको बाढीका कारण गएराति हेलम्बुको किउल तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण तालामाराङ्गको प्रहरी चौकीमा क्षति पुगेको छ । यसका अलावा यस क्षेत्रका दर्जनौ घरमा क्षति पुगेको छ । पहिरो र बाढी शुरु भएपछि स्थानीय वासिन्दा…

चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकैदिन दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज स्रोतले दिएको जानकारी अनुसार कसरा र अमलटारीमा क्रमशः बच्चा (अन्दाजी ३ महिनाको) गैडा तथा अर्को अन्दाजी २८/३० वर्षको गैंडा मृत अवस्थामा भेटिएको हो । विगतमा गैंडाको खाग तथा खुर तस्करीमा संलग्न गिरोहले गैंडा मार्ने गरेको…

Top