Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण गरिएको थियो । परीक्षणबाट उनमा कोरोना पोजेटिभ भएको भेटिएपछि विद्यालयका शिक्षक तथा ६ वटा कक्षाका विद्यार्थीहरुलाई समेत आइसोलेसनमा राखिएको छ ।
युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक इटली घुमेर केहीसमयअघि फर्केकी ती पोर्चुगिस शिक्षिकामा कोरोनाको भाइरस देखिएपछि सो विद्यालयका शिक्षण तथा कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलको उत्तरी शहर पोर्तोमा पहिलो पटक २ जनामा कोरोना संक्रमण देखिएको भएपनि बिहीबार साँझसम्म यो संख्या बढेर ९ पुगेको छ ।
जसमा दुई जना महिला कोरोना संक्रमणमा परेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँको प्रहरी तथा नियमक निकायहरुले सावधानी अपनाउन विशेष आग्रह गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे
२०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...
‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको...
पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर
२०७६ जेठ २० गते सोमबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...
Top