पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार


०५ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण गरिएको थियो । परीक्षणबाट उनमा कोरोना पोजेटिभ भएको भेटिएपछि विद्यालयका शिक्षक तथा ६ वटा कक्षाका विद्यार्थीहरुलाई समेत आइसोलेसनमा राखिएको छ ।

युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक इटली घुमेर केहीसमयअघि फर्केकी ती पोर्चुगिस शिक्षिकामा कोरोनाको भाइरस देखिएपछि सो विद्यालयका शिक्षण तथा कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलको उत्तरी शहर पोर्तोमा पहिलो पटक २ जनामा कोरोना संक्रमण देखिएको भएपनि बिहीबार साँझसम्म यो संख्या बढेर ९ पुगेको छ ।

जसमा दुई जना महिला कोरोना संक्रमणमा परेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँको प्रहरी तथा नियमक निकायहरुले सावधानी अपनाउन विशेष आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ ‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ

२०७७ माघ १६ गते शुक्रबार

२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

Top