अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट पछिल्लो पटक अफ्रिकी महादेश पनि अछुतो रहन सकेको छैन । अफ्रिकी महादेशमा रहेका ५४ देशमध्ये यो समाचार तयार पार्दासम्म ४५ वटा देशमा यो रोगको संक्रमण फैलिइसकेको छ भने करिब ४८ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । विशेषत : उत्तरी अफ्रिकी देशहरुबाट अफ्रिकी महादेशमा कोरोना फैलन शुरु भएको थियो ।

पछिल्ला दिनमहरुमा कोरानाले अफ्रिकी महादेशमा महामारीकै रुप लिन थालेको छ । अफ्रिकी मुलुकमा सबैभन्दा बढी दक्षिण अफ्रिकामा संक्रमितहरु देखिएका छन् । यो समचार तयार पार्दासम्म दक्षिण अफ्रिकामा हालसम्म १ हजार १ सय ७० जना कोरोनाको संक्रमणमा परेका छन् । जसमा एक जनाको ज्यान गै सकेको छ भने ३१ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दक्षिण अफ्रिकीमा हिजोदेश लकडाउन शुरु भएको छ । दक्षिण अफ्रिकाका अलावा अन्य देशहरुमा पनि कोरोना संक्रमितको संख्या बढ्दन थालेपछि ती देशहरुले पनि सुरक्षा सावधानी अपनाउन थालेका छन् ।

अफ्रिकामा अहिलेसम्म झण्डै ४ हजार जना कोरोना संक्रमति देखिएका छन् भने करिब ४८ जनाको ज्यान गै सकेको छ । कोरोनाका कारण दक्षिण अफ्रिकाका साथै उत्तर अफ्रिकी मुलुकहरु मोरक्को, इजिप्ट अल्जेरिया , ट्युनिसिया रहेका छन् । यस्तै, पश्चिम अफ्रिकी मुलुक, बुर्कानो फासो , नाइजेरिया, सेनेगल र आइभोरी कोस्टमामा पनि संक्रमितको संख्या बढ्दो छ । मध्य तथा पूर्वी अफ्रिकी मुलुकहरु कङ्गो , रुवान्डा , केन्या , युगान्डालगायतमा पनि कोरोनाको संक्रमितको संख्या बढ्न थालेको छ ।

अफ्रिकामा कोरोनाको रोकथाम र उपचार गर्न सक्ने क्षमता तुलानात्मक रुपमा कमजोर रहेको भन्दै विश्व स्वाथ्य संगठनले विशेष सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । अफ्रिकामा कोरोनाको संक्रमण फैलिएमा स्थिति भयावह हुनसक्ने आकलन गरिएको छ । पहिलो दिन दक्षिण अफ्रिकामा गरिएको लकडाउनमा घर बाहिर निस्केकाहरुलाई प्रहरीले बल प्रयोग गरी घर भित्र पठाएको दृश्यहरु टेलिभिजनमा देखिएका छन् । ३० भन्दा बढी अफ्रिकी मुलुकमा हालसम्म सात हजारको संख्यामा नेपाली रहेको नाइजेरियाको लागोसमा बस्ने नेपाली हिक्मत थाले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।

विशेष गरी संख्यात्मक रुपमा युगान्डा , सेसेल्स , नाइजेरिया , दक्षिण अफ्रिका , केन्या , घाना , जाम्बिया , कङ्गो र तान्जानियामा नेपालीहरुको उपस्थिति बढी रहेको भएपनि हालसम्म सबै नेपालीहरु सुरक्षित रहेको थापाले जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

Top