काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार


०५ मे, २०२०
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटै नाकामा विशेष कडाई शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यका छिर्ने ६ वटा नाकामा कडाई गरेको हो । यसका लागि उपत्यका छिर्ने नाकामा थप सुरक्षाकर्मी राखेर चेकजाँच तीव्र पारिएको छ । सरकारी स्रोतका अनुसार विरामी बोकेर आएका एम्बुलेन्स, अति आवश्यक कामका लागि काठमाडौं आएका बाहेक अरु कसैले पनि पास लिएरै पनि काठमाडौं प्रवेश गर्न नपाउने भएका छन् ।

लकडाउन जारी रहेको अहिलको अवस्थामा सरकारले अत्यावश्यक अत्यावश्यक कामको विभिन्न तह निर्धारण गरेको छ । विगतमा राजनीतिक दल र पावरको चरम दुरुपयोग गरी सवारी पास लिएकाहरुले सोही पास लिएर काठमाडौं छिर्ने क्रम तीब्र पारेपछि सरकारले यो निर्णय गरेको हो । यस्तै कतिपयले स्थानीय तहबाट सवारी पास लिएर काठमाडौं छिर्न थालेपछि सरकारले सुरक्षाकर्मीलाई विशेष सतर्क रहन र राम्रोसँग चेकजाँच गरेर मात्रै उनीहरुलाई आवश्यक भएमात्रै काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको हो । यो सँगै अब अत्यावश्यक कामले काठमाडौं आएका र अत्यावश्यक सेवा प्रवाह गर्ने गाडीहरु प्रवेश गर्न पाउने भएका छन् ।

तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अहिले विभिन्न समूह गाडी रिर्जभ गरेर काठमाडौं आउने क्रम बढेपछि सम्भावित जोखिम बढ्न नदिन सरकारले यो निर्णय गरेको हो । विशेष गरी काठमाडौं छिर्ने नागढुंगा, मुड्खु, फर्पिङ्ग दक्षिणकाली, शिवपुरी, साँगा, जहरसिंहपौवा, र कात्तिके नाकामा विशेष सुरक्षा सावधानी अपनाईएको सरकारको भनाई छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा नाका कडाई नगरिए र पास बोकेका सबै सवारी साधनलाई काठमाडौं छिर्न दिए जोखिम बढ्ने भन्दै यसलाई कडाई गर्नुपर्ने माग उठेको थियो ।

समितिको बैठकलगत्तै सरकारले यस विषयमा सुरक्षाकमीको ध्यानाकर्षण गराएको बुझिएको छ । केहीदिन अघि जनकपुर, बारालगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर मानिसहरु काठमाडौं आएसँगै कोरोना फैलनसक्ने सम्भावित जोखिमलाई देखेर सरकारले यो निर्देशन दिएको हो । कतिपय गाडीहरुलाई प्रहरीलेले नाकाबाटै फकाईदिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...

बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

Top