Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटै नाकामा विशेष कडाई शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यका छिर्ने ६ वटा नाकामा कडाई गरेको हो । यसका लागि उपत्यका छिर्ने नाकामा थप सुरक्षाकर्मी राखेर चेकजाँच तीव्र पारिएको छ । सरकारी स्रोतका अनुसार विरामी बोकेर आएका एम्बुलेन्स, अति आवश्यक कामका लागि काठमाडौं आएका बाहेक अरु कसैले पनि पास लिएरै पनि काठमाडौं प्रवेश गर्न नपाउने भएका छन् ।

लकडाउन जारी रहेको अहिलको अवस्थामा सरकारले अत्यावश्यक अत्यावश्यक कामको विभिन्न तह निर्धारण गरेको छ । विगतमा राजनीतिक दल र पावरको चरम दुरुपयोग गरी सवारी पास लिएकाहरुले सोही पास लिएर काठमाडौं छिर्ने क्रम तीब्र पारेपछि सरकारले यो निर्णय गरेको हो । यस्तै कतिपयले स्थानीय तहबाट सवारी पास लिएर काठमाडौं छिर्न थालेपछि सरकारले सुरक्षाकर्मीलाई विशेष सतर्क रहन र राम्रोसँग चेकजाँच गरेर मात्रै उनीहरुलाई आवश्यक भएमात्रै काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको हो । यो सँगै अब अत्यावश्यक कामले काठमाडौं आएका र अत्यावश्यक सेवा प्रवाह गर्ने गाडीहरु प्रवेश गर्न पाउने भएका छन् ।
तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अहिले विभिन्न समूह गाडी रिर्जभ गरेर काठमाडौं आउने क्रम बढेपछि सम्भावित जोखिम बढ्न नदिन सरकारले यो निर्णय गरेको हो । विशेष गरी काठमाडौं छिर्ने नागढुंगा, मुड्खु, फर्पिङ्ग दक्षिणकाली, शिवपुरी, साँगा, जहरसिंहपौवा, र कात्तिके नाकामा विशेष सुरक्षा सावधानी अपनाईएको सरकारको भनाई छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा नाका कडाई नगरिए र पास बोकेका सबै सवारी साधनलाई काठमाडौं छिर्न दिए जोखिम बढ्ने भन्दै यसलाई कडाई गर्नुपर्ने माग उठेको थियो ।
समितिको बैठकलगत्तै सरकारले यस विषयमा सुरक्षाकमीको ध्यानाकर्षण गराएको बुझिएको छ । केहीदिन अघि जनकपुर, बारालगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर मानिसहरु काठमाडौं आएसँगै कोरोना फैलनसक्ने सम्भावित जोखिमलाई देखेर सरकारले यो निर्देशन दिएको हो । कतिपय गाडीहरुलाई प्रहरीलेले नाकाबाटै फकाईदिएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...
कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...
झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग...
आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...
Top