९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार


०८ डिसेम्बर, २०२०
वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा परेको करिब १ वर्षपछि पहिलोपटक पूर्व युरोपेली मुलुक बेलायतले आजबाट आम नागरिकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) लगाउन शुरु गरेको छ । कोरोना भाइरसका कारण ६१ हजार भन्दा बढि नागरिकले ज्यान गुमाएपछि बेलायतले विश्वमै पहिलो पटक आम नागरिकमा अभियानका रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ ।

आयरल्यान्डकी ९० वर्षीयाबृद्धालाई कोरोना विरुद्धको भ्याक्सिन लगाईँदै अस्पतालका कर्मचारी । तस्वीर साभार : बिबिसी ।

कोरोना भाइरस नियन्त्रणका लागि अन्यन्तै प्रभावकारी (९५ प्रतिशत भन्दा बढी प्रभावकारी) मानिएको यो भ्याक्सिन आजबाट बेलायतका ४ दर्जन बढी अस्पतालहरुबाट आम नागरिकलाई लगाउन शुरु गरिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हालै अमेरिका र जर्मनका दुई औषधी निर्माता कम्पनीले ठूलो प्रयासपछि कोरोना भाइरसको संक्रमणबाट बच्चनका लागि हालसम्मकै सबैभन्दा बढी प्रभावकारी भ्याक्सिन निर्माण गरेर त्यसको परिक्षण समेत सम्पन्न गरेका थिए । हालै बेलायतका प्रधानमन्त्रीले बोरिस जोन्सनले कोरोना भाइरस विरुद्धको खोप आम नागरिकमा लगाउनका लागि अनुमति प्रदान गरेसँगै आजबाट कोरोना विरुद्धको खोप आम नागरिकमा लगाउन शुरु गरिएको हो ।

विविसीले उल्लेख गरे अनुसार आयरल्यान्डकी ९० वर्षीया महिलालाई पहिलोपटक कोरोना विरुद्धको खोप लगाउन शुरु गरेर खोप अभियान शुरु गरिएको छ । बेलायतले आजबाट सञ्चालनमा ल्याएको कोरोना विरुद्धको खोप अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको विविसीले उल्लेख गरेको छ । बेलायतभित्रै रहेका स्कटल्यान्ड र वेल्समा पनि आजैबाट खोप सेवा शुरु भएको छ । खोप लगाउनका लागि विशेष गरी स्वास्थ्य सेवाको अग्र मोर्चामा खटिएका कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारलगायतलाई प्राथमिकतामा राखिएको छ ।

पहिलो डोजको खोप लगाएपछि त्यसको दोश्रो डोज २१ दिनपछि लगाउनुपर्ने बताइएको छ । बेलायतले यो वर्षको मध्यसम्मका देशका २ करोड मानिसलाई भ्याक्सिन दिने लक्ष्य लिएको छ । जसका लागि जर्मनीबाट बेल्जियम हुँदै खोपलाई बेलायत ल्याउनका लागि सेनालाई जिम्मेवारी दिएको बिबिसीको समाचारमा उल्लेख छ । यसैबीच बेलायतकी महारानी ९४ वर्षकी एलिजावेथ द्वितीय र उनका ९९ वर्षका उनका पति प्रिन्स फिलिपलाई पनि खोप लगाइनेतयारी भै रहेको समाचारमा उल्लेख छ ।

माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले बेलायतले सेनालाई यसको प्रभावकारी रुपमा आयातका लगि जिम्मेवारी दिएको बताइएको छ । स्मरणीय के छ भने कोरोना भाइरसका कारण हालसम्म बेलायतमा ६१ हजार भन्दा बढी मानिसको ज्यान गै सकेको छ भने सिँगा विश्वमा १५ लाख ५३ हजार भन्दा बढीको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत  महिलामा कोरोना संक्रमण काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...

झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

Top