बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


२९ डिसेम्बर, २०१९
काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने जाने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहितका कार्यकर्तालाई सिंहदबारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपाध्यक्ष गजुरेलसहित सिंहदबार पुगेका नेका माओवादीका करिब एक दर्जन कार्यकर्ता रहेका छन् । उनीहरुले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र अतिक्रमण गरी भारतले बनाएको नयाँ नक्सा तत्काल सच्चाउन दबाब दिने उद्देश्यले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउने तयारी गर्दै थिए । यस क्रममा गजुरेलसहितका नेता तथा कार्यकर्ताहरु ठूलो भीड लिएर सिंहदबारको दक्षिण ढोका अगाडि पुगेकै बेला प्रहरीले उनीहरुलाई त्यहाँबाट नियन्त्रणमा लिएको बताइएको छ ।

ठूलो भीडसहित सिंहदबार प्रवेश गर्न लागेको बेला प्रहरीले रोक्न खोज्दा दुबैतर्फबाट ठेलमेठेल भएपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई सिंहदबारस्थित प्रहरी बृत्तमा राखिएको छ । गजुरेल मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र...

अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा

२०७९ फाल्गुन ८ गते सोमबार

२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...

राष्ट्रसंघीय मानवअधिकार परिषद्को  उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

२०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

Top