नेपाल पनि देखियो सलह किरा !

Best Khabar Team | २०७७ असार १३ गते शनिबार


२७ जुन, २०२०
पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या सावित गर्दै अन्ततः नेपालमा पनि सलह किरा देखिन थालेको छ । विशेष गरी नेपालको दुई नम्बर प्रदेशको बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा एकसाता यता सलह किरा देखिन थालेको छ । सर्लाहीको नवलपुर, बाराको निजगढलगायतका स्थानमा अहिले सलह किरा देखिन थालेको छ । हेर्दा फट्यांग्रा जस्तो देखिएपनि कृषि उपजका लागि सलहले निक्कै ठूलो क्षति पु-याउने भारत, पाकिस्तानलगायतको घटनाले देखाइसकेको छ ।

केही समय अघि नेपालमा नाम चलेका कृषि बैज्ञानिकहरुले हचुवाको भरमा नेपालमा तत्काल सलह आउने कुनै सम्भावना रहेको दाबी गर्दै सञ्चारमाध्यमहरुमा अन्र्तवार्ता दिएका थिए । तर तराईका केही जिल्लामा भने सलह किराको प्रवेश शुरु भै सकेको छ । यो किरा हजारौंको संख्यामा एउटै समूहमा आउने र यसले सयौं हेक्टर क्षेत्रमा लगाइएको कृषि सामग्री तथा बालीनाली खाने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि नेपालमा सलह किरा देखिएको जानकारी आएको भन्दै यसका लागि मन्त्रालयले केही टोलीलाई सम्बन्धित जिल्लाको स्थलगत निरीक्षणका लागि पठाएको जनाएको छ । यी सलह किरा छिमेकी मुलुक भारतको बनारसबाट गोरखपुर क्षेत्र हुँदै नेपालको तराईका जिल्लाहरुमा प्रवेश गरेको अनुमान गरिएको छ । पछिल्दा दिनहरुमा दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलह आइपुगेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

बैज्ञानिकहरुले सलह आइहाले पनि यसबाट कृषकहरु आत्तिन नहुने बताउँदै आएका छन् । अहिले नेपालमा धान, मकैलगायतका अन्नबालीहरु फलाउने मौसम शुरु भएकोले यो किराले धेरै क्षति पु¥याउन सक्ने अनुमान गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...

आहा ! कैलाश पर्वत आहा ! कैलाश पर्वत

२०७६ पुष १७ गते बिहिबार

शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

Top