Best Khabar Team | २०७७ असार १३ गते शनिबार
२७ जुन, २०२०
पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या सावित गर्दै अन्ततः नेपालमा पनि सलह किरा देखिन थालेको छ । विशेष गरी नेपालको दुई नम्बर प्रदेशको बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा एकसाता यता सलह किरा देखिन थालेको छ । सर्लाहीको नवलपुर, बाराको निजगढलगायतका स्थानमा अहिले सलह किरा देखिन थालेको छ । हेर्दा फट्यांग्रा जस्तो देखिएपनि कृषि उपजका लागि सलहले निक्कै ठूलो क्षति पु-याउने भारत, पाकिस्तानलगायतको घटनाले देखाइसकेको छ ।

केही समय अघि नेपालमा नाम चलेका कृषि बैज्ञानिकहरुले हचुवाको भरमा नेपालमा तत्काल सलह आउने कुनै सम्भावना रहेको दाबी गर्दै सञ्चारमाध्यमहरुमा अन्र्तवार्ता दिएका थिए । तर तराईका केही जिल्लामा भने सलह किराको प्रवेश शुरु भै सकेको छ । यो किरा हजारौंको संख्यामा एउटै समूहमा आउने र यसले सयौं हेक्टर क्षेत्रमा लगाइएको कृषि सामग्री तथा बालीनाली खाने गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि नेपालमा सलह किरा देखिएको जानकारी आएको भन्दै यसका लागि मन्त्रालयले केही टोलीलाई सम्बन्धित जिल्लाको स्थलगत निरीक्षणका लागि पठाएको जनाएको छ । यी सलह किरा छिमेकी मुलुक भारतको बनारसबाट गोरखपुर क्षेत्र हुँदै नेपालको तराईका जिल्लाहरुमा प्रवेश गरेको अनुमान गरिएको छ । पछिल्दा दिनहरुमा दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलह आइपुगेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
बैज्ञानिकहरुले सलह आइहाले पनि यसबाट कृषकहरु आत्तिन नहुने बताउँदै आएका छन् । अहिले नेपालमा धान, मकैलगायतका अन्नबालीहरु फलाउने मौसम शुरु भएकोले यो किराले धेरै क्षति पु¥याउन सक्ने अनुमान गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप
२०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...
Top