घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडियो) खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ । दोलखामा सिडियो भएर काम गरेका बेला रिजालले क्षेत्राधिकार मिचेर विभिन्न मुद्दाका अभियुक्तसँग १ लाख भन्दा बढी घुस लिएको भिडियो सार्वजनिक भएपछि उनलाई गृहमन्त्रालयले निलम्बन्ध गरी अनुसन्धान अघि बढाईको थियो ।

स्मरणीय के छ भने रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रहेर काम गरिसकेका व्यक्ति हुन् । उनले मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्ने भन्दै मेलुङ गाउँपालिकाका कुमार लामा सँग ९० हजा र कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाई छ । उनले यति धेरै रकम लिँदा जम्मा १० हजारको मात्रै विल दिएका थिए ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि रिजाललाई दोलखाबाट काठमाडौं झिकाएर अनुसन्धान अघि बढाईको थियो । नेपाल सरकारका उपसचिव रिजलालाई गत मंसीर २३ गते गृहमन्त्रालय बोलाएर सोधपुछ पछि सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो । अख्तियारले लामो समयको अनुसन्धान पछि रिजाललाई आज नियन्त्रणमा लिएको हो । हाल रिजाललाई टंगालस्थित अख्तियारको हिसासतमा राखिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

Top