मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

Best Khabar Team | २०७७ असार ९ गते मंगलबार


२३ जुन, २०२०
सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको मेक्सिकोमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु स्थार्नी ओक्कासा राज्यमा भएको यहाँका भूगर्भ विभागलाई उद्दृत गर्दै सिएनएनले समाचार उल्लेख गरेको छ । भूकम्पले ओक्साका शहरका आससापका दर्जनौं भवनहरु भत्काएको छ ।

सो भूकम्पमा परी हालसम्म एकजनाको मात्रै ज्यान गएको समाचार आएको छ । भूकम्प शक्तिशाली भएपनि हालसम्म भएको जनधनको क्षतिको विवरण भने पूर्णरुपमा प्राप्त हुन सकेको छैन । प्रशान्त महासागरको तट छेउमै रहेको ओक्साको शहरमा दर्जनौं भवनहरु भूकम्पका कारण भत्किएको बताइएको छ । अहिले घटनास्थल र आपसका क्षेत्रमा उद्दारकर्ताहरु खटिएका छन् । भूकम्पलगत्तै प्रशान्त महाशागरबाट ओक्साकोलगायतका शहरहरुमा सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोलगायत ग्वाटेमाला, एल साल्भाडोर र होन्डुरसलगायतका देशहरुमा समेत गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । भूकम्पको केन्द्रबिन्दुबाट ६ सय २१ माइल टाढासम्मका जनतालाई सुनामीको खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन

२०८० आश्विन २७ गते शनिबार

१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...

Top