Best Khabar Team | २०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक जनाको ज्यान गएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विगत एक महिनादेखि अस्पतालमा उपचार गराई रहेका कर्नाटक राज्यका एक संक्रमितको मंगलबारराति निधन भएको हो ।
कर्नाटकको कलबुर्गीका ७६ वर्षीय ती पुरुषको उपचारको क्रममा मंगलबार राति ज्यान गएको भएपनि यसको घोषणा भने बिहीबार साँझ मात्रै गरिएको थियो । मंगलबार निधन भएका व्यक्तिको ल्याब परिक्षणबाट आएको रिपोर्टमा उनमा कोरोनाको भेटिएको पुष्टि भएको बताइएको छ ।
उनी केही समयअघि साउदी अरेवियाबाट भारत फर्केका थिए । उनका सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको बारेमा पनि प्रहरीले खोजबिन थालेको छ । भारतमा हालसम्म ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये एकको ज्यान गएको हो ।
भारतले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्कुल, कलेज तथा सिनेमाहलहरु बन्द गर्ने निर्णय गरेको छ । यसअघि भारतले सबै स्थल नाकाहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने
२०७९ पुष २६ गते मंगलबार
१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...
२ घण्टा नाका खुल्दा साढे २२ सय नेपाल भित्रिए, चेकजाँच र क्वारेन्टाइन बसाई स्थानीय प्रशासनको लागि चुनौतीपूर्ण
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत...
भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...
एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै
२०८० आश्विन २६ गते शुक्रबार
१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...
Top