कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

Best Khabar Team | २०७६ फाल्गुन २९ गते बिहिबार


१२ मार्च, २०२०
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक जनाको ज्यान गएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विगत एक महिनादेखि अस्पतालमा उपचार गराई रहेका कर्नाटक राज्यका एक संक्रमितको मंगलबारराति निधन भएको हो ।

कर्नाटकको कलबुर्गीका ७६ वर्षीय ती पुरुषको उपचारको क्रममा मंगलबार राति ज्यान गएको भएपनि यसको घोषणा भने बिहीबार साँझ मात्रै गरिएको थियो । मंगलबार निधन भएका व्यक्तिको ल्याब परिक्षणबाट आएको रिपोर्टमा उनमा कोरोनाको भेटिएको पुष्टि भएको बताइएको छ ।

उनी केही समयअघि साउदी अरेवियाबाट भारत फर्केका थिए । उनका सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको बारेमा पनि प्रहरीले खोजबिन थालेको छ । भारतमा हालसम्म ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये एकको ज्यान गएको हो ।

भारतले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्कुल, कलेज तथा सिनेमाहलहरु बन्द गर्ने निर्णय गरेको छ । यसअघि भारतले सबै स्थल नाकाहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...

अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

Top