भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार


२० जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जाँदा सरकारले बन्द रहेको अन्र्तराष्ट्रिय उडान पनि सञ्चालन गर्ने तयारी थालेको छ । सरकारले यसका लागि विश्व स्वस्थ्य संगठनले तोकेको हवाई मापदण्डलाई पुरा गर्दै आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सञ्चालन गर्ने तयारी गरेको हो ।

यही योजना सहितको प्रस्ताव पर्यटन मन्त्रालयले मन्त्रीपरिषद्को बैठकमा पेश गरेको छ । यो प्रस्तावलाई अब बस्ने मन्त्रीपरिषद्को बैठकले छलफल गरी निर्णय लिने बताइएको छ । शुरुमा सरकारले कोरोनाको जोखिम कम रहेका मुलुकबाट हवाई उडान सञ्चालनको तयारी थालेको छ । कोरोनाका कारण अलपत्र परेका देशभित्र र बाहिर रहेका नेपालीहरुले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारलाई चर्को दबाब दिँदै आइरहेका छन् । सरकारले शुरुमा राष्ट्रिय उडानहरु सञ्चालनको तयारी गरेको छ । यही साउनको अन्तिम सातादेखि राष्ट्रिय उडान सञ्चालनका लागि अनुमति दिने सरकारको योजना रहेको छ । सकेसम्म आगामी साउन २१ गतेबाटै राष्ट्रिय उडानलाई नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको पर्यटन मन्त्रालय स्रोतको भनाई छ ।

राष्ट्रिय उडान सञ्चालनको हकमा पनि पहिलो चरणमा कोरोनाका जोखिम कम रहेका जिल्लाहरुमा नियमित उडान शुरु गरिने छ । बढी जोखिम रहेका जिल्ला र आपसासका क्षेत्रमा हुने नियमित उडानहरुको हकमा के गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भै नसकेको मन्त्रालय स्रोतको दाबी छ । यही साउन ७ गतेदेखि सरकारले तराईलगायत कोरोना संक्रमितहरु बढी देखिएका केही जिल्ला बाहेक अन्यत्र लकडाउन पुरै हटाएर जनजीवन सामान्य बनाउने तयारी गरेको छ । जनजीवन सामान्य भएसँगै हवाई उडान पनि सञ्चालनको तयारी गर्नका लागि सरकारले निश्चित मापदण्ड बनाउने बताइएको छ ।

हवाई उडानको हकमा यात्रु तथा विमानका परिचालक/परिचालिकाले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै विमानलाई कोरोना भाइरस मुक्त बनाउनका लागि समय समय आवश्यक डिस्इन्फेक्सन स्प्रे छर्कनुपर्ने तथा सामाजिक दुरी कायम गरेर यात्रुहरु राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ । विमानमा यात्रा गर्ने यात्रुहरुका लागि विमानस्थलदेखि विमान भित्र प्रवेश गर्ने समयसम्म आवश्यक पर्ने ह्याण्ड सेनिटाइटरको व्यवस्था गर्नेपर्ने व्यवस्था गर्न लागिएको छ । हालैमात्र पर्यटनमन्त्री योगेश भट्टराईले पनि काठमाडौंमा एक टेलिभिजनसँग कुरा गर्दै सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान छिट्टै सञ्चालनको तयारी भएको बताएका थिए । लामो समयदेखि विमानसेवाहरु बन्द हुँदा अर्थतन्त्रमा ठूलो असर परेको भन्दै सरकारले उद्योग धन्दा सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

यस्तै हरेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक गाडीहरु पनि सञ्चालन हुन थालिसकेको छन् । सरकारले बन्द रहेका होटल तथा रेस्टुरेन्टहरुलाई पनि साउनको दोश्रो साताबाटै सञ्चालन गर्ने तयारी गरेको छ । होटलहरु बन्द हुँदा अहिले होटल सञ्चालनहरुले बैंकको ब्याज तथा होटल रहेको घरको भाडा तिर्न सकेको छैनन् । जसका कारण सयौं होटलहरु बन्द हुने अवस्थामा पुगेको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या उल्लेख्य घट्दै जाँदा सरकारले पनि जनजीवन सामान्य बनाउनेतर्फ योजना अघि सारेको सरकारका मन्त्रीहरुले बताउँदै आएका छन् ।

होटल तथा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय उडान सञ्चालन भएपनि विद्यालय तथा क्याम्पसहरु भने अझै केही समय सञ्चालनमा आउने छैनन्। कोरोनाको जोखिम घट्दै गएपछि विस्तारै निश्चित मापदण्ड तय गरी विद्यालय तथा क्याम्पस सञ्चानको तयारीमा शिक्षा मन्त्रालय जुटेको बताइएको छ । अहिलेकै अवस्थामा कहिलेदेखि विद्यालय खोल्न सकिन्छ भन्ने विषयमा केही बताउन नसकिने शिक्षा मन्त्रालयका एक अधिकारीले वेष्टखबर डटकमलाई जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

Top