पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


१७ अप्रिल, २०२०
पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै हवाई उडानमा लगाएको प्रतिबन्ध थप एक महिनाका लागि बढाएको छ । यसअघि सरकारले हवाई उडानमा लगाएको प्रतिबन्धको समय आज सकिनै लाग्दा थप एक महिनाका लागि उडान प्रतिबन्ध यथाबत् राख्ने घोषणा गरेको हो । यो सँगै युरोपेली मुलुक पोर्चुगलमा आगामी मे १७ तारिखसम्म विश्वका कुनैपनि देशबाट यात्रुबाहक विमान आउन पाउने छैनन् भने पोर्चुगलबाट पनि कुनैपनि देशमा यात्रुबाहक उडान हुनेछैन ।

तर पोर्चुगलका कोलोनी तथा युरोपेली युनियन अन्र्तगतका राष्ट्र भित्र चल्ने विमानहरुको हकमा यो लम्बिएको अवधि लागू नहुने बताइएको छ । यद्यपि अहिले युरोपका सबै देशहरुसँग पोर्चुगलले यात्रु ओसारपसारका हेतुले हुने सबै हवाई सेवा बन्द गरेको छ ।अत्यावश्यक सेवाका लागि उडान भर्ने विमानहरुलाई भने यो नियमले कुनै बाधा नपु=याउने पोर्चुगलको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि पोर्चुगलले गएको मार्चको पहिलो साता कोरोनाको संक्रमण देखिएसँगै अन्तर्राष्ट्रिय र युरोपेली युनियन सम्बद्ध राष्ट्रहरुसँगको हवाई सम्पर्क विस्तारै कटौती गर्दै लगेको थियो । मार्चको तेश्रो सातादेखि भने सबै देशबाट आउने र ती देशमा जाने यात्रुबाहक विमानको उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसो त पोर्चुगलमा तुलनात्मक रुपमा युरोपका अन्य देशमा भन्दा कोरोना भाइरसको संक्रमण निक्कै न्यून देखिएको छ ।

विगत एक महिनायता पोर्चुगलमा ६ सय ५७ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या पनि १९ हजारको हाराहारीमा छ । हालसम्म २ सय २२ जना गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका छन् । छिमेकी देश स्पेन यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको भएपनि पोर्चुगलले भने बेलैमा विद्यालय तथा क्याम्पसहरु बन्द गरेको थियो । यस्तै सिमा नाका तथा हवाई उडानमा पनि बेलैमा प्रतिबन्ध लगाएका कारण पोर्चुगलमा अहिलेसम्म कोरोनाको संक्रमण डरलाग्दो अवस्थामा फैलिन पाएको छैन ।

पोर्चुगलसँग नजिक रहेका स्पेन, फ्रान्स, इटली, बेल्जियम, नेदरल्याण्डजस्ता देशमा अहिले दैनिक सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । यहाँका प्रधानमन्त्री एन्तेनियो कोस्ताले लकडाउनको यो समयमा जनताले गरेको अभूतपूर्व सहयोगकै कारण पोर्चुगिस जनता तुलनात्मक रुपमा अन्य देशमा भन्दा सुरक्षित रहन सकेको भन्दै धन्यावाद व्यक्त गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित) एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...

२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए २४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...

बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top