कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


२५ जनवरी, २०२१
लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले यतिबेला युरोपका अधिकांश देशको जनजीवन अस्तव्यस्त बन्न थालेको छ । कोभिड १९ को दोश्रो लहर (वेभ) का कारण युरोपका अधिकांश देशले आफ्नो देशभित्र फरक फरक प्रकृतिको प्रतिबन्ध लगाएका छन् । कतिपय देशले कोरोना संक्रमण फैलन नदिन भन्दै संकटकाल तथा कफ्र्युको घोषणा गरेका छन् ।

हल्याण्डमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी । तस्वीर साभार : न्यूयोर्क टाइम्स ।

युरोपेली मुलुकहरुले विशेष गरी अत्यावश्यकीय बाहेक अन्य सबै यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । विशेषगरी युरोपका पोर्चुगल, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, स्वीट्जरल्याण्डलगायतका देशले आफ्ना देशभित्र प्रवेश गर्ने तथा देशबाट बाहिरिने यात्रुहरुमाथि कडा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । पोर्चुगलमा त्यहाँको सरकारले आगामी जनवरी ३१ तारिखसम्मका लागि विद्यालयहरु बन्द गरेको छ । यस्तै रेस्टुरेन्टहरुलाई ‘टेकवे’सेवामात्रै सञ्चालनको अनुमति प्रदान गरेको छ ।

पोर्चुगलमा यसअघि गत वर्षको मार्चमा पहिलो पटक यस्तै खालको कडा प्रतिबन्ध लगाइएको भएपछि अवस्था सामान्य बन्दै गएपछि जुन महिनादेखि पर्यटकीय गतिविधिहरु बढ्न थालेको थियो । तर पछिल्लो समयमा कोरोना संक्रमितको दैनिक संख्या १४ हजारको हाराहारीमा पुग्न थालेपछि सरकारले कडा नियम लागू गरेको छ ।

लकडाउनपछि सुनसान बनेको पोर्चुगलको पर्यटकीय क्षेत्र कोरतेइरा । तस्वीर : बेष्टखबर डटकम ।

अत्यावश्यकीय काम बाहेकको अन्य यात्रा प्रतिबन्ध लगाउनुका साथै पोर्चुगल सरकारले सार्वजनिक पार्क, खेलमैदानलगायतमा राखिएका कुर्चीहरुमा मानिसहरुलाई बस्न तथा समुद्र छेउमा जान समेत प्रतिबन्ध लगाएको छ । यस्तै युरोपको अर्को मुलुक नेदरल्याण्डले दोश्रो विश्वयुद्दपति पहिलोपटक कफ्र्युको घोषणा गरेको छ । नेदरल्याण्डमा कोरोना संक्रमितको दर बढ्न थालेपछि सरकारले शनिबारदेखि लागू हुने गरी आगामी फेब्रुअरी पहिलो सातासम्मका लागि कफ्र्युको घोषणा गरेको छ। कफ्र्युको समय रातिको ९ बजेदेखि बिहानको ५ बजेसम्म कायम रहने त्यहाँको सरकारको भनाई छ ।

सरकारको गरेको कफ्र्यु घोषणकोविरुद्धमा नागरिकहरुले नेदरल्याण्डका दर्जनौं शहरमा प्रदर्शन गरेका छन् । कतिपयस्थानमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको छ । प्रर्दनकारीहरुले राजधानी आम्सर्टड्याम्लगायतका केही क्षेत्रमा विरोध प्रदर्शन गर्नुका साथै आगजनी समेत गरेका छन् । विरोधमा उत्रिएका प्रदर्शनकारीले कतिपय स्थानमा लुटपाटका घटना समेत घटाएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही क्रममा प्रहरीले शहरका विभिन्न स्थानबाट सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । दक्षिण क्षेत्रमा रहेको आइन्डहोभन नामक शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीहरुले त्यस क्षेत्रमा दर्जनौं गाडीहरुमा आगजनी गरेका छन् । यस्तै युरोपेली मुलुक बेल्जियमले पनि शनिबारबाट लागूहुने गरी अतयावश्यकबाहेकका सबै यात्राहरुमा प्रतिबन्ध लगाउने निर्णय गर्दै यसको कार्यान्वयनका लागि प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।

बेल्जियमको सडकमा सुरक्षामा खटिएका प्रहरी । तस्वीर साभार : न्यूज विक ।

आगामी मार्च १ सम्मका लागि बेल्जियम सरकारले बेल्जियम आउने तथा यहाँबाट बाहिरिने यात्रुहरुलाई (अति आवश्यकबाहेक) प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अति आवश्यकीय कामको लागि जान लागेको प्रमाणसहितको कागजात हेरेपछि मात्रै उनीहरुलाई गन्तव्यमा जान दिने नदिने विषयमा निर्णय लिइने सरकारको भनाई छ । सभा समारोह, पारिवारिक भेटघाटका कार्यक्रमलगायतका बढी मानिसहरुको भेला हुने गतिविधि सबै बन्द गरिएको बेल्जियम सरकारले जनाएको छ । यस्तै युरोपेली मुलुक स्वीट्जरल्याण्डले युरोपबाट आउने सबै यात्रुरुले अनिवार्य रुपमा पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ ।

फ्रान्सले पनि कोरोना संक्रमण बढ्न नदिन विभिन्न गतिवधिहरुमा प्रतिबन्ध लगाएको छ । यस्तै, नर्वे, जर्मनीलगायतका देशले समेत कोरोना संक्रमणलाई मध्यनजर गर्दै धेरै मानिसहरुको जमघन हुन नदिन कडा मापदण्ड अघि सारेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित) कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)

२०२६ पुष १७ गते बिहिबार

१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...

पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

२०२६ पुष १७ गते बिहिबार

२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

२०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ आश्विन २१ गते बुधबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

Top