Best Khabar Team | २०७७ कार्तिक १४ गते शुक्रबार
३० अक्टोबर, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको दशैंपर्व सम्पन्न भएको छ । दशैंको अन्तिम आज कोजाग्रत पूर्णिमा पर्व मनाईँदै छ । हरेक वर्षको आश्विन शुक्ल पूर्णिमामा महालक्ष्मीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज रातभरी जाग्राम बसी लक्ष्मीको भजन कीर्तन गरी विधिबत् रुपमा दशैं सम्पन्न गर्ने प्रचलन रहि आएको छ ।

आश्विन शुक्ल प्रतिपदाबाट शुरुभएको दशैं पर्वको मुख्य दिन दशमीमा आफ्ना मान्यजनबाट टिका प्रसाद ग्रहण गरी आर्शिवाद लिने गरिन्छ । विजयादशमीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्त तथा मान्यजनकोमा गएर टिका जमरा ग्रहण गर्ने पुरानो चलन अहिलेपनि विद्यमान छ । तर यो वर्ष कोरोना भाइरसको प्रकोपका कारण विगतका वर्षहरुमा जस्तो दशैं उल्लापूर्ण हुन सकेन । धेरैजसोले यो वर्ष आफ्नो परिवार भित्रै बसेर दशैंपर्व मनाएका छन् ।
काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा यो वर्ष दशैंको उल्लास खासै देखिएन । दशैंमा किनमेल तथा दशैं बजारहरुमा चहलपहल हुन सकेन । सरकारले पनि दशैंका बेला कोरोनाको जोखिम थप बढ्ने भन्दै आ आफ्नो घर र परिवारभित्रै बसेर दशैं मनाउन आम नागरिकर्लाइ आग्रह गरेको थियो । आजको दिनमा धनधान्यकी देवी लक्ष्मीले पृथ्वीको भ्रमण गर्दै हिँड्ने र राती जाग्राम बसी उनको पुजा आराधना गरि बसेका भक्तहरुको मनोकामना पुरा गराईदिन्छिन् भन्ने मान्यता रहि आएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
Top