Best Khabar Team | २०७७ कार्तिक १४ गते शुक्रबार
३० अक्टोबर, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको दशैंपर्व सम्पन्न भएको छ । दशैंको अन्तिम आज कोजाग्रत पूर्णिमा पर्व मनाईँदै छ । हरेक वर्षको आश्विन शुक्ल पूर्णिमामा महालक्ष्मीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज रातभरी जाग्राम बसी लक्ष्मीको भजन कीर्तन गरी विधिबत् रुपमा दशैं सम्पन्न गर्ने प्रचलन रहि आएको छ ।

आश्विन शुक्ल प्रतिपदाबाट शुरुभएको दशैं पर्वको मुख्य दिन दशमीमा आफ्ना मान्यजनबाट टिका प्रसाद ग्रहण गरी आर्शिवाद लिने गरिन्छ । विजयादशमीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्त तथा मान्यजनकोमा गएर टिका जमरा ग्रहण गर्ने पुरानो चलन अहिलेपनि विद्यमान छ । तर यो वर्ष कोरोना भाइरसको प्रकोपका कारण विगतका वर्षहरुमा जस्तो दशैं उल्लापूर्ण हुन सकेन । धेरैजसोले यो वर्ष आफ्नो परिवार भित्रै बसेर दशैंपर्व मनाएका छन् ।
काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा यो वर्ष दशैंको उल्लास खासै देखिएन । दशैंमा किनमेल तथा दशैं बजारहरुमा चहलपहल हुन सकेन । सरकारले पनि दशैंका बेला कोरोनाको जोखिम थप बढ्ने भन्दै आ आफ्नो घर र परिवारभित्रै बसेर दशैं मनाउन आम नागरिकर्लाइ आग्रह गरेको थियो । आजको दिनमा धनधान्यकी देवी लक्ष्मीले पृथ्वीको भ्रमण गर्दै हिँड्ने र राती जाग्राम बसी उनको पुजा आराधना गरि बसेका भक्तहरुको मनोकामना पुरा गराईदिन्छिन् भन्ने मान्यता रहि आएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त
२०७७ माघ २२ गते बिहिबार
०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
Top