विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


१७ अप्रिल, २०२०
लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर अन्तिम साता चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेला विश्वका प्रायः सबै मुलुकमा देखिएको छ । कोरोनाका कारण विश्वमा हालसम्म डेढलाख बढीको ज्यान गै सकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कोरोनाका कारण १ लाख ५० हजार ६ सय १ जनाले ज्यान गुमाएका छन् ।

करिब ४ महिनाको बीचमा विश्वभर झण्डै. २२ लाख २७ हजार ११ जना कोरोनाबाट प्रभावित बनेका छन् । कोरोना भाइरसको प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमका अनुसार हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको रुपमा अमेरिका रहेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ३५ हजार ४ सय ८१ जनाले ज्यान गुमाएका छन् । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार नाघेको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित राष्ट्रको रुपमा इटली रहेको छ । इटलीमा कोरोनाका कारण हालसम्म २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७२ हजार ४ सय ३४ भन्दा बढी प्रभावित बनेका छन् । युरोपमा सबैभन्दा पहिलो इटलीमा कोरोनाले महामारीको रुप लिएको भएपनि इटलीलाई फ्रान्स र स्पेनले पछ्याईरहेको छ ।

हालसम्म स्पेनमा कोरोनाका कारण १९ हजार ४ सय ७८ ले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ६८ जना प्रभावित बनेका छन् । यस्तै युरोपेली मुलुक फ्रान्समा पनि कोरोनाका कारण दैनिक सयौंको ज्यान गै रहेको छ । फ्रान्समा हालसम्म कोरोनाका कारण १७ हजार ९ सय २० जनाको ज्यान गै सकेको छ भने १ लाख १४ हजार २ सय ९५ जना कोरोनाको संक्रमणमा परी आइसोलेसनमा उपचाररत छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणमा परी कतिजनाले ज्यान गुमाए भन्ने तथ्यांक यो समाचार तयार गर्दासम्म प्राप्त भै सकेको छैन । यस्तै फ्रान्सपछि युरोपमा बेल्जियम कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । बेल्जियममा कोरोनाका कारण ५ हजार १ सय ६३ जनाको ज्यान गै सकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

बेल्जियममा कोरोनाका कारण हालसम्म ३६ हजार १ सय २८ जना संक्रमित भएका छन् । यस्तै बेलायतमा पनि कारोना भाइरस महामारीको रुपमा फैलिएको छ । बेलायतमा यो समाचार तयार पार्दसम्म १४ हजार ५ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ४७ जनाले ज्यान गुमाएका छन् । युरोपेली मुलुक जर्मनीमा पनि कोरोना महामारीको रुपमा फैलिएको छ । शुक्रबार दिउँसोसम्मको तथ्यांकलाई आधार मान्ने हो भने जर्मनीमा ४ हजार १ सय ९३ जनाको ज्यान कोरोना भाइरसका कारण गएको छ । विगत २४ घण्टा यता जर्मनीमा १ सय ४१ जनाले कोरोनाकै कारण मृत्युबरण गर्नुपरेको छ ।

विगत झण्डै ५ महिना यता फैलिएको कोरोनाले अमेरिका, क्यानेडादेखि पूर्वमा जापान, अष्ट्रेलिया, न्यूजिल्याण्डलगायतका मुलुकहरुमा समेत प्रभाव छाडिसकेको छ । जसका कारण विश्वको अर्थतन्त्र चौपट भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...

तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...

Top