अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार


१२ जुन, २०२५
न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी भएसँगै अबैध रुपमा देशभित्र बसिरहेका आप्रबासीहरुप्रति अमेरिकी सरकार कठोर रुपमा प्रस्तुत भएको छ । ट्रम्प प्रशासनले पछिल्ला केही महिनायता अमेरिकामा अबैधरुपमा प्रवेश गरेका, अबैध रुपमा देशको सिमाभित्र बसिरहेका, विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका, भिषाको म्याद सकिएपनि लुकिछिपी काम गरिरहेका आप्रबासीहरुप्रति कडा नीति अघि सारेको छ । फलस्वरुप पछिल्ला केही महिना यता हजारौं आप्रबासीहरुलाई अमेरिकी सरकारले देश निकाला गरिसकेको छ । कतिपयलाई हत्कडी लगाएर सम्बन्धित देशको विमानस्थलमै पु¥याएर समेत छाडेको छ ।

त्यसरी देश निकाला हुनेहरुमा नेपालीहरुको संख्या पनि बढ्दो छ । अमेरिकी सरकारले देशभित्र शान्ति सुरक्षा कायम गराउन तथा अबैध रुपमा छिरेका आप्रबासीहरुलाई नियन्त्रणका लागि भन्दै यो नीति अघि सारेको जनाएको छ । पछिल्लो समयमा अमेरिकाले कतिपय देशका नागरिकहरुलाई अमेरिका प्रवेश गर्न समेत रोक लगाएको छ । यही क्रममा अमेरिकामा बसिरहेका कतिपयको राहदानी तथा भिषा समेत रद्द गरेर देश निकाला गरेको छ । विशेष गरी अबैध बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने आप्रबासीहरुको संख्या पछिल्ला वर्षमा तीब्र गतिमा बढ्न थालेपछि सरकारले यो अभियान चलाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेषत अबैध रुपमा अमेरिका छिर्ने आप्रबासीहरुमध्ये कतिपय जघन्य आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाण आफूहरुसँग रहेको अमेरिकी सरकारले दाबी गरेको छ ।

यो क्रम निरन्तर रुपमा अघि बढाईने अमेरिकी अधिकारीहरुले जनाएका छन् । यसैबीच, देश निकाला गरिएकाहरुमध्ये केही समयअघि नेपाल फिर्ता पठाइएकाहरुलाई अमेरिकी सरकारले अध्यागमन नियम उल्लंघन गरेको आरोप लगाएको छ । यही क्रममा४.दिन अघिमात्रै ३७ जना नेपालीहरुलाई विमान चार्टर नै गरेर अमेरिकी सरकारले ले काठमाडौं पु¥याएर छाडेको थियो । अमेरिकी अध्यागमन नीतिलाई थप कडाई गर्दै लैजाने सरकारको नीति अनुसार आप्रबासीहरुमाथि निगरानी बढाउन थालिएको अधिकारीहरुको भनाई छ । गत सोमबार ३२ जना पुरुष र ५ जना महिलालाई अमेरिकी सरकारले विभिन्न कारण देखाउँदै देश निकाला गरेर नेपाल पु-याएर छाडिदिएको थियो । यसरी फर्काइएकाहरुमा कतिपय विद्यार्थी भिषामा अमेरिका पुग्ने र अमेरिकी सरकारले प्रत्येक वर्ष आह्वान गर्ने डिभी चिट्टा कार्यक्रममा छानिएर गएकाहरुसमेत रहेका छन् ।

कतिपय केहीवर्षदेखि अमेरिकामा बैध रुपमा बस्दै आइएरहेका नेपालीहरुसमेत रहेका छन् । उनीहरुले भिषाको म्याद सकिएपनि लुकिछिपी काम गर्दै आइरहेको भेटिएको छ । स्मरणीय के छ भने उनीहरुलाई हातमा हत्कडीलगाएर काठमाडौं विमानस्थर्ल पु¥याइएको थियो भने विमान काठमाडौंमा अवतरण हुनु केहीअघिमात्रै प्रहरीले सो खोलिदिएको थियो । उनीहरुलाई काठमाडौं पु¥याए लगत्तै अध्यागमन विभागको जिम्मा लगाएर छाडिएको थिया । त्यस लगत्तै नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोले समेत केरकार गरेको थियो । अमेरिकी अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो ८ वर्षयता अमेरिकाबाट हालसम्म १ हजार ५ सयभन्दा बढी नेपाली देश निकाला भै सकेका छन् भने ३ सय ५० भन्दा निष्कासनको प्रक्रियामा रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस

२०७६ मंशिर २४ गते मंगलबार

१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...

दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...

Top