Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै आफू नेपाल भ्रमणका लागि ईच्छुक रहेको बताएका छन् । उनले त्यसका लागि आफूले कार्यतालिका बनाएर निकट भविष्यमै नेपाल भ्रमण गर्ने स्पष्ट पारेका छन् । नेपालको विराटनगरमा रहेको एकीकृत जाँच चौकी (आईपीसी) को उद्घाटन भिडियोकन्फरेन्स मार्फत् गर्दै उनले आफू सदैव नेपाल भ्रमण गर्ने इच्छामा रहेको भन्दै छिट्टै यसको कार्यतालिका बनाउने बताएका हुन् ।
नेपालका समकक्षी केपी शर्मा ओलीले नेपाल भ्रमणवर्षको सन्दर्भ पारेर मोदिलाई काठमाण्डौं आउन आग्रह गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदिको यस्तो भनाई आएको हो । प्रधानमन्त्री भएपछि मोदीले पटक पटक नेपाल भ्रमण गरेका छन् । उनले आफू नेपाल र नेपाली जनताको पक्षमा रहेको भन्दै नेपाल भारतबीचका साझा चासोका विषयहरुलाई वार्ता र छलफलबाटै समाधान गर्ने बताए ।

२०७२ सालमा गएको भूकम्पबाट भत्केका घरहरुको पुर्ननिर्माणसम्बन्धी परियोजनाको उद्घाटन कार्यक्रम दुई देशका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् गरेका थिए । कार्यक्रमको नेपालमा केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट गरेका थिए ।
भारतको सहयोगमा पूर्वी नेपालको विराटनगरमा रहेको ईसीपी र गोरखा तथा नुवाकोटकका केही निजी घरहरु पुर्ननिमार्ण परियोजना सम्पन्न भएको थियो । गोरखा र नुवाकोटमा सम्पन्न आवास परियोजनाका लागि भारतले करिब १० अर्ब रुपैयाँ सहयोग गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दोलखाका खड्काको चीनमा निधन
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...
हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको...
स्वस्थानी व्रत–कथाको सामाजिक महत्व
२०७६ मंशिर २३ गते सोमबार
यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...
बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...
Top