कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


फाइल तस्वीर

२१ जनवरी, २०२०
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै आफू नेपाल भ्रमणका लागि ईच्छुक रहेको बताएका छन् । उनले त्यसका लागि आफूले कार्यतालिका बनाएर निकट भविष्यमै नेपाल भ्रमण गर्ने स्पष्ट पारेका छन् । नेपालको विराटनगरमा रहेको एकीकृत जाँच चौकी (आईपीसी) को उद्घाटन भिडियोकन्फरेन्स मार्फत् गर्दै उनले आफू सदैव नेपाल भ्रमण गर्ने इच्छामा रहेको भन्दै छिट्टै यसको कार्यतालिका बनाउने बताएका हुन् ।

नेपालका समकक्षी केपी शर्मा ओलीले नेपाल भ्रमणवर्षको सन्दर्भ पारेर मोदिलाई काठमाण्डौं आउन आग्रह गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदिको यस्तो भनाई आएको हो । प्रधानमन्त्री भएपछि मोदीले पटक पटक नेपाल भ्रमण गरेका छन् । उनले आफू नेपाल र नेपाली जनताको पक्षमा रहेको भन्दै नेपाल भारतबीचका साझा चासोका विषयहरुलाई वार्ता र छलफलबाटै समाधान गर्ने बताए ।

२०७२ सालमा गएको भूकम्पबाट भत्केका घरहरुको पुर्ननिर्माणसम्बन्धी परियोजनाको उद्घाटन कार्यक्रम दुई देशका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् गरेका थिए । कार्यक्रमको नेपालमा केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट गरेका थिए ।

भारतको सहयोगमा पूर्वी नेपालको विराटनगरमा रहेको ईसीपी र गोरखा तथा नुवाकोटकका केही निजी घरहरु पुर्ननिमार्ण परियोजना सम्पन्न भएको थियो । गोरखा र नुवाकोटमा सम्पन्न आवास परियोजनाका लागि भारतले करिब १० अर्ब रुपैयाँ सहयोग गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...

Top