धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र हालै विदेशबाट आएकाहरुको सूची तयार गरेको छ । गाउँपालिका र स्थानीय वडाको सक्रियतामा तयार गरीको सूचीमा ४८ जना पछिल्लो दुई सातायता भारत, मलेसिया, कतारलगायतका मुलुकबाट त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न वडास्थित आफ्नो घर फर्कनेहरु छन् ।

यसरी फर्केकाहरु सबै कम्तीमा १४ दिनको क्वारेन्टाइनमा आ आफ्नै घरमा रहेको बताइएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष शम्भु थापाले वेष्टखबर डटकमलाई जानकारी दिएका छन् । थापाका अनुसार कोरोना नियन्त्रण गर्ने सरकारको योजना र कार्यक्रम अनुसार गाउँपालिकाले विदेशबाट आउनेहरुको सूची तयार गरी उनीहरुलाई आ–आफ्नै घरको क्वारेन्टाइनमा राखिएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाले जस्तै देशका सबै गाउँपालिका र नगरपालिकाले पनि पछिल्लो २ सातायता विदेशबाट आउनेको सूची तयार गरी उनीहरुलाई सरकारी क्वारेन्टाइन वा त्यो असम्भव भए आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नसके कोरोनाको संक्रमण फैलन नपाउने थापा बताउँछन् । पछिल्लो समयमा विदेशबाट फर्केका धादिङ्गका एक युवकमा कोरोनाको संक्रमण भै हाल टेकुस्थित सरुवारोग अस्पतालमा उपचार भै रहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

यो सँगै सिँगो धादिङ्गमा कोरोना सचेतना तथा यसको रोकथामका लागि सरकारी तथा निजी क्षेत्रबाट आवश्यक सचेतना अपनाउन थालिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...

डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...

लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो  (भिडियोसहित) लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए २४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...

Top