कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने

Best Khabar Team | २०७६ फाल्गुन २० गते मंगलबार


०३ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणको पूर्व तयारी थालेको छ । यसको लागि विमानस्थलमा विशेष स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालिएको छ भने अध्यागमन विभागले विभिन्न देशका नागरिकलाई तत्काल नेपाल प्रवेशमा दिईँदै आएको अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ ।

विभागका अनुसार कोरोनाबाट बढी प्रभावित मुलुकहरुका नागरिकलाई विमानस्थलमा तत्काल दिइँदै आइएको अन अराइभल भिषा रोक्ने निर्णय सरकारले गरेको हो । यद्यपि सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगबाट भने अत्यावश्यक अवस्थामा भिषा लिएर नेपाल आउन सकिने विभागले जनाएको छ ।

यो नियम यही मार्च ६ तारिखबाट लागु हुनेछ । आगामी मार्च ३१ गतेसम्मका लागि भन्दै विभागले कोरोना भाइरसबाट अतिप्रभावित चीन, दक्षिण कोरिया, जापान, इरान र इटलीका नागरिकलाई काठमाडौं विमानस्थलमा दिईँदै आएको अन अराईभल भिषा नदिने निर्णय गरेको हो ।

सरकारले हालै भ्रमणवर्ष २०२० स्थगित भएको घोषणा गरेसँगै यो नयाँ निर्णयले नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्ने देखिन्छ । अहिले काठमाडौको ठमेल, बसन्तपुर, लाजिम्पाटलगायतका क्षेत्र र पाटन, भक्तपुरलगायतका स्थानमा पनि पर्यटकहरुको चहलपहल सुनसान जस्तै बनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’ नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...

के नेपालमा उल्का पिण्ड खसेकै हो त ? के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...

अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

Top