कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने

Best Khabar Team | २०७६ फाल्गुन २० गते मंगलबार


०३ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणको पूर्व तयारी थालेको छ । यसको लागि विमानस्थलमा विशेष स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालिएको छ भने अध्यागमन विभागले विभिन्न देशका नागरिकलाई तत्काल नेपाल प्रवेशमा दिईँदै आएको अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ ।

विभागका अनुसार कोरोनाबाट बढी प्रभावित मुलुकहरुका नागरिकलाई विमानस्थलमा तत्काल दिइँदै आइएको अन अराइभल भिषा रोक्ने निर्णय सरकारले गरेको हो । यद्यपि सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगबाट भने अत्यावश्यक अवस्थामा भिषा लिएर नेपाल आउन सकिने विभागले जनाएको छ ।

यो नियम यही मार्च ६ तारिखबाट लागु हुनेछ । आगामी मार्च ३१ गतेसम्मका लागि भन्दै विभागले कोरोना भाइरसबाट अतिप्रभावित चीन, दक्षिण कोरिया, जापान, इरान र इटलीका नागरिकलाई काठमाडौं विमानस्थलमा दिईँदै आएको अन अराईभल भिषा नदिने निर्णय गरेको हो ।

सरकारले हालै भ्रमणवर्ष २०२० स्थगित भएको घोषणा गरेसँगै यो नयाँ निर्णयले नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्ने देखिन्छ । अहिले काठमाडौको ठमेल, बसन्तपुर, लाजिम्पाटलगायतका क्षेत्र र पाटन, भक्तपुरलगायतका स्थानमा पनि पर्यटकहरुको चहलपहल सुनसान जस्तै बनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तेश्रो पटक  चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

२०७९ फाल्गुन २७ गते शनिबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...

नेकपाको  निर्णय : ३ नम्बर प्रदेशको  नाम बाग्मती, केन्द्र हेटौंडा नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...

फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...

Top