Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’ चलचित्रहरु बन्ने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । यही क्रममा राम्रो व्यापार गर्न सफल ‘छक्का पञ्जा’ ले अब चौथो श्रृङ्गखला (सेरिज) सार्वजनिक गर्ने भएको छ । ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ को सफलतासँगै अब दर्शकहरुले ‘छक्का पञ्जा ४ ’ हेर्न पाउने भएका हुन् ।
यसको निर्माण भने सफल चलचित्र निर्माण दिपकराज गिरीले गर्ने भएका छन् । गिरीले निर्माण गरेको ‘छ माया छपक्कै’ चलचित्रले पछिल्लो समयमा राम्रो व्यापार गरेपछि ‘छक्का पञ्जा ४’ निर्माण गर्ने निर्णयमा गिरी पुगेका हुन् । चलचित्रको निर्माण र लेखन कलाकार गिरीले नै गर्नेछन् ।
गिरीका अनुसार यसको निर्देशन दीपाश्री निरौलाले गर्ने भएकी छन् भने चलचित्रको पटकथा लेखनको काम समेत शुरु भै सकेको छ । यो चलचित्रमा पनि गिरीलाई हास्य कलाकारहरु केदार घिमिरे र जितु नेपाललगायतले साथ दिनेछन् । रमाइलो कुरा के छ भने यो चलचित्रको शुरु ‘छक्का पञ्जा ३’ को समाप्तिबाटै हुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
Top