भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


०९ डिसेम्बर, २०१९
काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन् ।

‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानले काठमाडौंमा सार्वजनिक गरेको अतिक्रममित नेपाली भूमि समेटिएको नक्सा ।

नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बसन्तपुरमै नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लागिरहेका बेला नेविसंघले बृहद प्रदर्शन सहित नक्सा सार्वजनिक गरेको हो । अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेर नेपालको वास्तविक नक्सा बनाउन सिकाइएको बताए । ‘पहिलो चरणमा विद्यार्थीलाई नेपालको वास्तविक नक्सा चिनायौं । नक्सा बनाउन सिकायौं र बसन्तपुरबाट प्रदर्शन गर्यौं ।’ , त्रिपाठीले भने । नेपालको भूमि मिचिदा समेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्साबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको बताए । सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।

‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानले काठमाडौंमा सार्वजनिक गरेको अतिक्रममित नेपाली भूमि समेटिएको नक्सा ।

कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो स्वास्थ्यसंगै देशको स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरे । गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी संघ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै नेता काफ्लेले सीमा मिचिदा सरकार निरीह बनेको आरोप लगाए । ‘भारतसंग गर्नुपर्ने हो कि चीनसंग या संयुक्त राष्ट्रसंघसंग हो, तत्काल वार्ता गरेर नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ । यत्ति काम गर्न नसक्ने कम्युनिष्ट सरकारको औचित्य छैन ।’, काफ्लेले भने ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर सहभागि भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...

Top