दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार


२६ फेब्रुअरी, २०२०
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ नागरिकता कानुनलाई लिएर भएको दंगामा अहिलेसम्म २४* जनाले ज्यान गुमाईसकेका छन् । घटनामा परी अहिलेसम्म झण्डै २ सय जना घाइते भएका छन् । उनीहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रदर्शनकारीहरुले दिल्लीका दर्जनौं घर तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनी गरेका छन् । यस्तै सयौं सवारी साधनमा आगजनी गरेका छन् । संशोधित नागरिकता ऐनविरुद्ध विगतमा साना प्रदर्शन हुने गरेका भएपछि गएको आइतबारबाट प्रदर्शन तीव्र बन्दै ध्वंशात्मक बन्दै गएको छ । घटना यतिसम्म भयो कि यसले हिन्दु र मुस्लिमबीच भिडन्तको अवस्था सिर्जना भयो, जसका कारण हालसम्म एक सुरक्षाकर्मीसहित २४ जनाले ज्यान गुमाईसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुरुमा दिल्लीको अल जामिया इस्लामिया क्याम्पस क्षेत्रबाट प्रदर्शन शुरुभएपछि अहिले यसले दिल्लीका विभिन्न भागमा उग्र रुप लिएको छ । स्थानीय प्रशासनले प्रदर्शन रोक्न विभिन्न प्रयास गरेपछि प्रदर्शन साम्य भएको छैन । पछिल्ला दिनमा प्रदर्शन अत्यन्तै हिंसात्मक बन्दै गएका छन्।

प्रदर्शनकारीहरुले स्थानीय वासिन्दाको घरमा आगो लगाउँदै हिँड्न थालेका छन् । जसका कारण स्थानीयहरु थप आतंकित बन्न पुगेका छन् ।

(*२४ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको छ । सम्पादक )



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...

दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट) दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

२०७८ आश्विन २६ गते मंगलबार

१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

Top