नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

Best Khabar Team | २०७६ माघ ४ गते शनिबार


१८ जनवरी, २०२०
काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले कुनै हालतमा यसलाई लागू गर्न नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ ।

एमसीसीको विषयमा चौतर्फी आलोचना भै रहेका बेला मोहन बैद्य महासचिव रहेको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी सम्झौता देश र जनताको खिलापमा रहेको जनाएको छ । उसले आज एक विज्ञप्ति निकालेर यस्तो कार्य गर्न खोज्नेहरुलाई राष्ट्रघातीको संज्ञा दिँदै यसको विरुद्धमा लाग्न सबै नेपालीहरुलाई आह्वान समेत गरेको छ ।

क्रान्तिकारी माओवादीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ
यतिबेला नेपालको राजनीति एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुबैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् ।

यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माणगर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध सशक्त आवाज उठाउन आम जनसमुदाय सहित सम्पूर्ण देशभक्तहरुलाई एकतावद्ध हुन जोडदार आह्वान गर्दछ ।

किरण
महासचिव नेकपा (क्रान्तिकारी माओवादी)

 



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी  पत्रकार सम्मेलनबाटै समातिए सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...

Top