चीनका नेपालीको उद्दार कहिले ?

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार


पि.एल. तरंग
– सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको चीनको हुवेई, उहानलगायतका प्रान्तमा रहेका नेपालीहरुको उद्दार गर्ने बताएको करिब १ साता वित्न लागिसकेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा पर्यटनमन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमसँग पटक–पटक चीनमा रहेका विद्यार्थी तथा अन्य क्षेत्रमा कार्यरत नेपालीको उद्दारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।

सरकारले चीनबाट उद्दार गरेर ल्याउने नेपालीहरुलाई राख्नका लागि केही सम्भावित ठाउँहरुको पनि टुंगो लगाएको थियो । तर काठमाडौंको नार्गाजुन नगरपालिका र भक्तपुरको खरीपाटी क्षेत्रमा चीनबाट उद्दार गरिएका नेपालीहरुलाई राख्ने सहमति सरकारले गरेपछि अहिले स्थानीय वासिन्दा ती क्षेत्रमा चीनबाट ल्याइएको नेपालीहरु प्रवेश गर्न दिने सोचमा छैनन् ।

सरकारले सरोकारवालाहरुसँग छलफल गरेर भक्तपुरको खरीपाटीमा रहेको कृषि तालिम तथा विद्यूत् प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई राख्ने बताएसँगै ती क्षेत्रमा स्थानीयले आज दिनभर सो क्षेत्रमा प्रदर्शन समेत गरेका छन् । यस्तै नागार्जुन नगरपालिकाका स्थानीयले पनि उनीहरुलाई कुनै हालतमा बस्ती नजिक ल्याएर राख्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराईरहेका छन् ।

यहाँ कुरा नागार्जुन वा खरिपाटीको होइन, अन्र्तराष्ट्रियस्तरमा संकटकाल लगाएर सबैलाई खबरदारी गरिएको नोबल कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले अहिलेसम्म कुनै प्रभावकारी उपाय वा अस्पताल चयन गरेको पाईँदैन । त्यसो त उनीहरुलाई केही समय अस्पतालमा राखेर उनीहरुको स्वास्थ्य चेकजाँच गरेपछिमात्रै कुनै केयर सेन्टरमा राख्ने वा उनीहरुलाई घर पठाउने भन्ने निर्णय सरकारले गर्नुपर्ने हो ।

तर अहिलेसम्म सरकारले उनीहरुलाई ल्याएर कहाँ राख्ने भन्ने ठाउँ टुंग्याउन सकेको छैन यो ७ दिनमा । स्मरणीय के छ भने चीनले यहीबीच २४ घण्टा लगाएर एउटा अस्पताल नै निर्माण गरेको छ कोरोना संक्रमणको उपचारको लागि । तर यस्तो अद्भुद् कार्यक्षमता भएको छिमेकी पाउँदासमेत हामीले उनीहरुको काम गर्ने शैलीको एक भागपनि आत्मसाथ गर्नु त परैको कुरा आफ्ना नागरिकहरुलाई सुरक्षा दिन र उनीहरुको उद्दारमा अहिलेसम्म कुनै तदारुकता देखाउन सकिरहेका छैनौं ।

त्यसो त चीनमा धेरै नेपाली उद्दारको पर्खाइमा पनिली मात्र उद्दार छैनन् । परराष्ट्रकै डाटालाई आधार मान्ने हो भने करिब २ सय नेपाली उद्दारको पखाईमा छन् । एक किसिमले नोबल कोरोना भाइरसको इपिसेन्टरमा नाकाबन्दी जस्तै बनिरहँदा त्यहाँ रहेका नेपालीको मनमा के र कस्तो विचार खेलिरहेका होला ? उनीहरुलाई छिटो भन्दा छिटो उद्दार गर्न नसक्दा उनीहरुमा पर्नसक्ने मनोबैज्ञानिक असरलगायतका विषयमा सरकारले अहिलेसम्म केही मुल्यांकन समेत गरेको जस्तो देखिँदैन ।

चीनमा रहेका नेपालीहरुले सरकारको नाममा सार्वजनिक गरेको विज्ञप्ति । साभार : सामाजिक सञ्जाल

त्यसैले त त्यहाँ रहेका नेपालीहरुले दिनहुँजसो सरकारसँग हारगुहार गरिरहेका छन् । एक्काईसौं शताब्दीमा प्रविधिले मानिसलाई साँधुरो विश्वमा हिँडाईरहेको सन्दर्भमा अहिले चीनमा रहेका नेपालीहरुलाई त्यहाँबाट उद्दार गर्न कुनै कठिनाई देखिँदैन, सिर्फ सरकारले ईच्छाशक्ति र त्यसका लागि युद्दस्तरमा काम हुनुपर्ने देखिन्छ । आफ्नै ध्वजाबाहक विमान पठाएर एकै पटक सबै नेपालीको उद्दार गर्न सरकारलाई कुनै आइतबार कुर्नुपर्देन ।

तर सरकारले उनीहरुलाई राख्ने ठाउँ नै टुंग्याउन नसकेको बहानामा उनीहरुलाई त्यहि बस्न बाध्य बनाउने हो भने यो सरकारप्रति आम नागरिकको साथ र समर्थन थप खस्कने निश्चित छ । त्यसैले तत्काल कुनै ठाउँ विषेश टुंगो लगाएर चीनबाट नेपाली ल्याएपछि उनीहरुलाई सो स्थानमा लागेर राख्ने र त्यसपछि मात्रै यसको बारेमा सार्वजनिक गर्न सके यो विवाद रहित देखिन्छ ।

किनभने चीनमा रहेका नेपालीहरु कसैलाई पनि हालसम्म नोबल कोरोना भाइरसको संक्रमण नरहेको नेपालस्थित चिनियाँ दुतावासले स्पष्ट पारिसकेको छ । त्यसैले यो निर्णयमा सरकारले चतु¥याईँ अपनाउनुपर्ने देखिन्छ । अन्यथा विरोधको नाममा विरोध उनीहरुलाई जहाँ लगेर राखेपनि त्यस क्षेत्रमा रहेका स्थानीयले गर्नेनै छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान...

लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई...

आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान

२०७७ श्रावण ६ गते मंगलबार

२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला  प्रत्यारोपण हुँदै प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

Top