Best Khabar Team | २०८२ बैशाख २४ गते बुधबार
०७ मे, २०२५
नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका दिन भारतको जम्मू–कश्मिरको पहलगाममा भएको आक्रमणको विरोधमा भारतले गएराति जवाफी कारबाही शुरु गरेको छ । गएराति भारतले पाकिस्तानका कश्मीर क्षेत्रमा रहेका ९ वटा आतंकवादी केन्द्रलाई लक्षित गरी गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले भने सो आक्रमणमा परी भारतविरुद्ध आतंककारी गतिविधि गर्दै आएका दर्जनौं आतंककारीको ज्यान गएको दाबी गरेको छ । त्यसो त दशकौंदेखि भारत पाकिस्तानबीच लडाई चलिरहेको भएपनि पछिल्लो पटक गत अप्रिल २२ तारिखका दिन भारतको जम्मुकस्मीर क्षेत्रमा रहेको पहलगामको पर्यटकीय क्षेत्रमा पाकिस्तानी आतंककारी समूहले गरेको आक्रमणमा परी नेपालका सुदिप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।
त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकल्पनीय क्षति हुने गरी भारतले त्यसको जवाफ फर्काउने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । पहलगाम घटनाको १५ दिन वित्न नपाउँदै भारतीय सेनाले गएराति पाकिस्तानी क्षेत्रमा आक्रमण शुरु ड्रोन तथा मिसाईल आक्रमणबाट ठूलो जनधनको क्षति भएको हो । भारतले विशेष गरी पाकिस्तानी क्षेत्रमा रहेका बहावलपुर, मुरिद्येक, सियालकोटलगायतका क्षेत्रमा आक्रमण थालेको छ । भारतले पाकिस्तानमा मसूद अजहर नेतृत्वको अतिवादी समूह जैश ए मोहम्मद को बहालिपुरमा रहेको शिविरमा हमला गरी शिविरलाई नै ध्वस्त पारिदिएको दाबी गरेको छ ।
त्यस्तै, मुरिद्केमा रहेको हफिज सइद नेतृत्वको लश्कर ए तइबाको शिविरमा पनि हमला गरेको भारतले जनाएको छ। स्मरणीय के छ भने पहलगाम हमलाको जिम्मेवारी लिने रेजिस्टेन्ट फ्रन्ट (आरटिएफ) समूह लस्करे ए तोवाईवाकै समूह भएको दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।

यसैबीच पाकिस्तानी सञ्चारमाध्यमहरुले भने आक्रमणमा संलग्न भारतका पाँचवटा फाइटर जेट पाकिस्तानी सुरक्षा अधिकारीहरुले खसालेको दाबी गरेको छ । तर भारतीय पक्षले भने यसबारेमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। भारत पाकिस्तानबीच युद्द शुरुभएलगत्तै पाकिस्तानको आकाश हुँदै युरोप र एसियाका विभिन्न स्थानमा जाने विमानहरुले बाटो परिवर्तन गरेका छन् । भारत पाकिस्तानद्वन्द्वको असर छिमेकी मुलुक नेपालमा समेत देखिनसक्ने भन्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको नेपाली सुरक्षा निकायहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...
त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ
२०७६ असार ४ गते बुधबार
१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...
युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी
२०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...
घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...
Top