‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार


२६ मे, २०२०
मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब ३ महिनादेखि बन्द रहेको फिलिपिन्सका विद्यालयहरु तत्काल नखुल्ने भएको छ । आगामी अगस्टको अन्तिम सातादेखि विद्यालय सञ्चालन गर्ने तयारी भै रहेका बेला यहाँका राष्ट्रपति रोड्रिगो दुतेर्तेले महामारी जारी रहँदा तत्काल विद्यालय खोलेर थप जोखिम मोल्न नसकिने स्पष्ट पारे ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते ।

उनले हिजो गरेको सम्बोधनका क्रममा कोरोना भाइरसको खोप उपलब्ध नहुञ्जेलसम्म विद्यालय सञ्चालन नगर्न सरकारमार्फत् विद्यालय सञ्चालकहरुलाई निर्देशन समेत दिएका छन् । आगामी अगस्टदेखि प्राथमिक कक्षा सञ्चालनको तयारी स्वरुप केही विद्यालयहरुले विद्यार्थी भर्ना शुरु गरेका थिए । तर यहीबीचमा राष्ट्रपति दुतेर्तेले भने –‘ तत्काल विद्यालय सञ्चालन गर्दा यसले कोरोनाको जोखिम उच्च हुने सम्भावना छ ।

त्यसैले विद्यालय तत्काल सञ्चालन गर्न सकिन्न । कोरोनाको भ्याक्सिन आएपछिमात्रै फेरि विद्यालय सञ्चालन हुनेछ ।’ विश्वभर कोरोना भाइरसको भ्याक्सिनको बारेमा व्यापक परीक्षण भै रहेका बेला राष्ट्रपतिको यो भनाई आएको हो । बालबालिकाको जीवन भन्दा ठूलो शिक्षा नहुने भन्दै उनले तत्काल खोप उपलब्ध हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

फिलिपिन्समा विद्यालय बन्द हुँदा २ करोड भन्दा बढी विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ । फिलिपिन्समा हरेक वर्षको जुनदेखि अप्रिल महिनासम्म प्राथमिक तहका विद्यालयहरु सञ्चालन हुने गर्दछन् । फिलिपिन्समा अहिलेपनि गरिबीको दर उच्च रहेकोले अधिकांश मानिसहरुको घरमा कम्प्युटर तथा इन्टरनेटको पहुँच नपुगेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस अवस्थामा तत्काल अनालईन कक्षा सञ्चालन गर्न पनि सम्भव नहुने विज्ञहरुको भनाई रहेको छ । राष्ट्रपतिको यो निर्देशनसँगै फिलिपिन्समा कहिले विद्यालय सञ्चालन हुन्छ भन्ने विषयमा केही भन्न नसकिने यहाँका शिक्षा अधिकारीहरु बताउँछन् ।

यो समाचार तयार पार्दासम्म फिलिपिन्समा कोरोनाका कारण ८ सय ८६ जनाको ज्यान गएको छ भने १४ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण फैलिएको छ । यस्तै ३ हजार ४ सय १२ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...

चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक

२०७६ असार ३ गते मंगलबार

१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

Top