Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०
काठमाडौं । सरकारले आगामी जेठ २ गते अर्थात् सन् २०२० को मे १५ तारिखसम्म नेपाल भित्र तथा बाहिर हुने सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । यस्तै नेपालबाट हुने सबै अन्र्तराष्ट्रिय उडानहरु पनि यस अवधिमा रोकिने भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलिन नदिन यात्रुबाहक अन्र्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यक औषधी तथा अन्य आवश्यक सामग्री ल्याउने विमानहरुले भने अनुमति लिएर उडान सञ्चालन गर्न पाउनेछन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले तत्कालका लागि हवाई उडान रोक्ने निर्णय गरेको हो । यसअघि सरकारले अप्रिल ३० सम्मको लागि हवाई उडान अवरुद्ध गर्ने निर्णय गरेको थियो । अन्र्तराष्ट्रिय स्तरमा पूर्णरुपमा कोरोना नियन्त्रणमा आइनसकेको भन्दै सरकारले तत्कालका लागि हवाई उडान रोक्ने निर्णय गरेको हो ।

यस्तै सरकारले आन्तरिक उडानहरुमा पनि जेठ २ गतेसम्मका लागि रोक लगाउने निर्णय गरको छ । अब सरकारको यो निर्णयसँगै आगामी जेठ २ गतेसम्म नेपालभित्र पनि आन्तरिक सेवामा रहेका विमानहरुले उडान गर्ने भर्न पाउने छैनन् ।
तर यसबीचमा विदेशी पर्यटक लिनका लागि विदेशबाट खाली आउने विमान तथा नेपालमा रहेका विमानहरुले यात्रु लिएर सम्बन्धित देशमा चार्टर उडान भर्न सक्नेछन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित
२०७७ श्रावण १ गते बिहिबार
१६ जुलाई, २०२०सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै...
Top