ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

Best Khabar Team | २०७९ फाल्गुन २८ गते आइतबार


१२ मार्च, २०२३
सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान सिन्धुलीमा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य कम्तीमा २८ घाइते भएका छन् । बा २ ख ६५९६ नम्बरको सो बस आज बिहान अन्दाजी ९ बजे २ सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा तीनजना पुरुष, दुई महिला र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनास्थलमै ५ जनाको ज्यान गएको र बाँकी एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ । बसमा अन्दाजी ३५ जना यात्रु रहेको बताइएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार सडकमा तीब्र गतिमा गुडिरहेको बसका चालकले बसको नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको भित्तामा ठोकिएको अनुमान गरिएको छ । दुर्घटनाग्रस्त बसका चालक फरार रहेको र उनको खोजी भै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि खुर्कोट अस्पताल पु-याइएको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमा राखेर काठमाडौंमा उपचारका लागि पठाउने तयारी भएको छ ।

* यसअघि प्रकाशित समाचारमा २८ घाइते हुनुपर्नेमा असावधानीबस २० हुन गएकोले क्षमायाचनासहित सच्चाइएको छ । सम्पादक ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...

१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको  मृत्यु १०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

२०८२ श्रावण ८ गते बिहिबार

बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा...

Top