Best Khabar Team | २०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३
सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान सिन्धुलीमा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य कम्तीमा २८ घाइते भएका छन् । बा २ ख ६५९६ नम्बरको सो बस आज बिहान अन्दाजी ९ बजे २ सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा तीनजना पुरुष, दुई महिला र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनास्थलमै ५ जनाको ज्यान गएको र बाँकी एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ । बसमा अन्दाजी ३५ जना यात्रु रहेको बताइएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार सडकमा तीब्र गतिमा गुडिरहेको बसका चालकले बसको नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको भित्तामा ठोकिएको अनुमान गरिएको छ । दुर्घटनाग्रस्त बसका चालक फरार रहेको र उनको खोजी भै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि खुर्कोट अस्पताल पु-याइएको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमा राखेर काठमाडौंमा उपचारका लागि पठाउने तयारी भएको छ ।
* यसअघि प्रकाशित समाचारमा २८ घाइते हुनुपर्नेमा असावधानीबस २० हुन गएकोले क्षमायाचनासहित सच्चाइएको छ । सम्पादक ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...
प्रधानमन्त्री ओली युरोप आउँदै
२०७६ जेठ १९ गते आइतबार
पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...
संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...
कोरोनाका कारण स्थगित २०७६ को एसईई परीक्षा नगर्ने सरकारको निर्णय, विद्यालयको आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गरिने
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र...
Top