Best Khabar Team | २०७९ फाल्गुन १७ गते बुधबार
०१ मार्च, २०२३
लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति मध्यरातमा यात्रुबाहक रेल दुर्घटनामा हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । ग्रीसको उत्तरी भूभागमा रहेको टेम्पे भन्ने स्थानमा यात्रुबाहक रेल र मालबाहक रेल आपसमा ठोक्किएको थियो । रेल ठोक्किएसँगै शुरुका चारवटा डिब्बामा आगो लाग्न शुरुभएको थियो ।

मध्यरातमा भएको सो दुर्घटनामा घाइते भएकाहरुलाई उद्दारकर्ताहरुले उद्दार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । राजधानी एथेन्सबाट करिब ३८० किलोमिटर उत्तरमा रहेको टेम्पे नजिकै थेसालोनिकीबाट लारिसा जाँदै गरेको सो यात्रुवाहक रेलमा कम्तीमा ४ सयजना यात्रु रहेको बताइएको छ । मध्यरातमा एकै दिशाबाट आउँदै गरेको अर्को एउटा मालबाहक रेल र यात्रुबाहक आपसमा ठोक्किएको थियो ।
सुरुङ्गबाट रेल बाहिर निस्कने बेलामा एउटै ट्रयाकमा रहेको अर्को मालबाहक रेलसँग ठाक्किँदा रेलका अगाडिका ४ वटा डिब्बाहरु पूर्णरुपमा नष्ट भएको घटनास्थलमा रहेका उद्दारकर्ताहरुले जनाएका छन् । घटनास्थलमा मध्यरातिदेखिनै उद्दारको कार्य जारी रहेको छ ।

रेलका चालकहरुले सो क्षेत्रमा रहेको रेल सडक संकेत बत्तिहरुले राम्रोसँग काम नगरेको भनेर स्थानीय अधिकारीहरुलाई पहिले नै जानकारी गराएका थिए । तर यसलाई प्रशासनले वेवास्ता गरेका कारण ठूलो दुर्घटना भएको रेल चालक संघका कर्मचारीहरुको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी
२०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...
कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...
क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
Top