Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०
काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई जिल्लाभित्र सार्वजनिक गाडी सञ्चालन गर्न अनुमति दिएपनि यातयात व्यवसायीहरुले भने यथास्थितिमा सवारी साधन सञ्चालन गर्न नसकिने बताएका छन् । विगतमा सवारी साधन खरिद गर्दा बैंकबाट लिएको ऋण रकमको व्याज र किस्ता तिर्न नसकेको अहिलेको अवस्थामा आफूहरुको यो समस्या सम्बोधन नभएकोले तत्काल गाडी चलाउन नसक्ने व्यवसायीले बताएका हुन् ।

लकडाउनका कारण विगत ४ महिनादेखि गाडीहरु सञ्चालन नहुँदा पैसा कमाउन नसकिएको र बैंकको ब्याज र किस्ता समेत तिर्न नसकिएको व्यवसायीको भनाई छ । सरकारले वार्तामार्फत् आफूहरुको मागलाई सम्बोधन गरेमात्रै तत्काल गाडीलाई मर्मत सम्हार गरेर गाडी चलाउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । अहिले थन्किएका गाडीहरुलाई सञ्चालन गर्नका लागि कम्तीमा ५० हजार देखि ३ लाख सम्म ‘सर्भिसिङ्ग चार्ज’ लाग्ने व्यवसायीको दाबी छ । तर सरकारले व्यवसायीको मर्कालाई नबुझी केबल गाडीमात्रै चलाउन अनुमति दिएकोले अहिलेको अवस्थामा सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने उनीहरुले बताएका छन् ।
व्यवासयीहरुको आजको बैठकले सरकारले हिजो जिल्ला भित्रमात्रै सार्वजनिक गाडी चलाउन दिने सरकारको निर्णय स्वागतयोग्य भन्दै तत्काल आफूहरुको मागलाई समेत सम्बोधन हुने गरी निर्णय गर्न अनुरोध गरेको छ । व्यवसायीहरुलाई सहुलतपूर्ण कर्जा र बैंकबाट दिइने व्याजमा केही प्रतिशत छुट गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।
यस्तै महामारीको बेला गाडी चलाउँदा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै चालक तथा सहचालकका लागि उचित स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
Top