पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको दुर्लुङ्गमा गएराति वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि हिजो राति अबेरसम्म २ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको बताइएपनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गरेको खोजी तथा उद्दार कार्यमा आज मध्यान्हसम्म थप ६ जनाको शव भेटिएको छ ।

पर्वतको कुश्मा नगरपापिलकाको वडा नम्बर ३ मा पर्ने दुर्लुङस्थित ढकालबारी भन्ने ठाउँमा स्थानीय दुई घर पहिरोले पुरिएको थियो । घर नजिकै रहेका एउटा डाँडोबाट खसेको पहिरोमा परी स्थानीय तुलबहादुर थापा र कमला विकको घर परिँदा दुई घरमा रहेका ९ जना वेपत्ता भएका थिए ।

प्रहरी र स्थानीय वासिन्दाले गरेको खोजबीनका क्रममा तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र एक ११ वर्षकी बालिकाको शव गएराति निकालिएको छ । थापाको परिवारका ६ जना सदस्य र कमला विकको घरका ३ जना सो पहिरोमा परेर वेपत्ता भएका थिए । वेपत्तामध्ये थप ५ जनाको शव भेटिएको प्रहरीको भनाई छ । घटनामा हराईरहेका एकको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन :  देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

२०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...

धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु,  २ छोरा वेपत्ता धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा...

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि...

महजोडी बने यो वर्षको ‘महामुर्ख’ महजोडी बने यो वर्षको ‘महामुर्ख’

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...

Top