Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको दुर्लुङ्गमा गएराति वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि हिजो राति अबेरसम्म २ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको बताइएपनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गरेको खोजी तथा उद्दार कार्यमा आज मध्यान्हसम्म थप ६ जनाको शव भेटिएको छ ।

पर्वतको कुश्मा नगरपापिलकाको वडा नम्बर ३ मा पर्ने दुर्लुङस्थित ढकालबारी भन्ने ठाउँमा स्थानीय दुई घर पहिरोले पुरिएको थियो । घर नजिकै रहेका एउटा डाँडोबाट खसेको पहिरोमा परी स्थानीय तुलबहादुर थापा र कमला विकको घर परिँदा दुई घरमा रहेका ९ जना वेपत्ता भएका थिए ।

प्रहरी र स्थानीय वासिन्दाले गरेको खोजबीनका क्रममा तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र एक ११ वर्षकी बालिकाको शव गएराति निकालिएको छ । थापाको परिवारका ६ जना सदस्य र कमला विकको घरका ३ जना सो पहिरोमा परेर वेपत्ता भएका थिए । वेपत्तामध्ये थप ५ जनाको शव भेटिएको प्रहरीको भनाई छ । घटनामा हराईरहेका एकको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
Top