पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै जोडिएको दुर्लुङ्गमा केहीबेरअघि भीषण पहिरो गएको छ । करिब २ घण्टाअघिदेखि शुरुभएको भारी वर्षासँगै गएको पहिरोमा परेका कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गमा २ वटा घरहरु बगाएको स्थानीयले बताएका छन् ।

दुर्लुङ्गको सरनचौरमा रहेको स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुर्दा कम्तीमा ९ जना वेपत्ता भएको बताइएको छ । उनीहरुमध्ये २ जनाको शव भेटिएको खबर प्राप्त भएको छ । सो घटनामा १ जना महिला र एक बालिकाको शव फेला परेको बताइएपनि भीषण वर्षा जारी रहेकोले घटनाको बारेमा विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

अहिले घटनास्थलमा स्थानीय वासिन्दा र प्रहरीको टोली पुगेर पहिरोमा पुरिएकाहरुको खोजी कार्य तीब्र बनाएको छ । घटनामा अहिलेसम्म ७ जना वेपत्ता भएको र दुई जनाको शव भेटिएको स्थानीय वडाका प्रतिनिधिले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

Climate change & it’s effect in Himalayan Region Climate change & it’s effect in Himalayan Region

२०७६ मंशिर २३ गते सोमबार

Kathmandu . Experts fear that these glaciers in the...

२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु २ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...

कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव ! कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...

Top