पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै जोडिएको दुर्लुङ्गमा केहीबेरअघि भीषण पहिरो गएको छ । करिब २ घण्टाअघिदेखि शुरुभएको भारी वर्षासँगै गएको पहिरोमा परेका कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गमा २ वटा घरहरु बगाएको स्थानीयले बताएका छन् ।

दुर्लुङ्गको सरनचौरमा रहेको स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुर्दा कम्तीमा ९ जना वेपत्ता भएको बताइएको छ । उनीहरुमध्ये २ जनाको शव भेटिएको खबर प्राप्त भएको छ । सो घटनामा १ जना महिला र एक बालिकाको शव फेला परेको बताइएपनि भीषण वर्षा जारी रहेकोले घटनाको बारेमा विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

अहिले घटनास्थलमा स्थानीय वासिन्दा र प्रहरीको टोली पुगेर पहिरोमा पुरिएकाहरुको खोजी कार्य तीब्र बनाएको छ । घटनामा अहिलेसम्म ७ जना वेपत्ता भएको र दुई जनाको शव भेटिएको स्थानीय वडाका प्रतिनिधिले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा ४१ औं मृत्यु कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको...

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...

भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन...

घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित) घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...

Top