Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो केहीसातायाता कोरोना भाइरसबाट दैनिक सयौंको संख्यामा आम नागरिकको ज्यान गै रहेको छ । गत फेब्रुअरी १५ तारिखदेखि फ्रान्समा कोरोनाको संक्रमण शुरुभएयता अहिलेसम्म झण्डै १५ हजारको ज्यान गै सकेको छ । दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा यहाका राष्ट्रपति एमानुएल माक्रोंले लकडाउनको समय थप एक महिना बढेको घोषणा गरेका छन् ।
उनले हिजो साँझ देशवासीका नाममा सम्बोधन गर्दै फ्रान्समा आगामी मे ११ सम्मका लागि लकडाउनको समय बढाईको जानकारी गराएका हुन् । फ्रान्समा गएको अप्रिल दोश्रो सातादेखि लकडाउन भै रहेको छ । सबै नागरिकको सुरक्षा राज्यसँग जोडिएको भन्दै अहिलेको यो परिस्थितिसँग सामना गर्नका लागि घरभित्र बस्नुको विकल्प नभएको राष्ट्रपति माक्रोंको भनाई छ । उनले फ्रान्सेली नागरिकहरुको अवस्था हेरी उनीहरुका परिवारलाई तत्कालीन राहत देखि आवश्यकता अनुसार अन्य नागरिकहरुलाई पनि सरकारले आर्थिक तथा सामाजिक सुरक्षाको लागि भरपर्दो व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

आगामी मे महिनाको दोश्रो सातादेखि पूर्व प्राथमिक, माध्यमिक र माध्यमिक तहका विद्यालयहरु सञ्चालनमा केही खुकुलो गरिने भएपनि विश्वविद्यालयहरु आगामी सेप्टेम्बरसम्मका लागि बन्द गर्ने राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । उनले कोरोना नियन्त्रणको यो अभियानमा अहिलेसम्म सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिक धन्यावादको पात्र भएको बताएका छन् ।

सम्बोधनमा राष्ट्रपतिले युरोपेली युनियन भित्रका अन्र्तदेशिय उडान तथा अन्य स्थल मार्गहरु अनिश्चितकालका लागि बन्द गरिने बताएका छन् । यस्तै उनले आम नागरिकले गुमाएको रोजगारीलाई मध्यनजर गर्दै सरकारले मनग्य आर्थिक छुट दिने घोषणा पनि गरेका छन् । बढी मानिसहरुको जमघट हुने सिनेमा हल, रंगशाला, डिस्कोलगायतका क्षेत्र पनि कम्तीमा ३ महिना बन्द गर्ने फ्रान्सको सरकारी टेलिभिजनले जनाएको छ ।

यो समाचार तयार गर्दासम्म फ्रान्समा झण्डै १ लाख ३७ हजार कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये १४ हजार ९ सय ६७ जनाको ज्यान गै सकेको छ । यस्तै २७ हजार ७ सय १८ जनाको उपचार सफल भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
Top