फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो

Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार


१४ अप्रिल, २०२०
एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो केहीसातायाता कोरोना भाइरसबाट दैनिक सयौंको संख्यामा आम नागरिकको ज्यान गै रहेको छ । गत फेब्रुअरी १५ तारिखदेखि फ्रान्समा कोरोनाको संक्रमण शुरुभएयता अहिलेसम्म झण्डै १५ हजारको ज्यान गै सकेको छ । दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा यहाका राष्ट्रपति एमानुएल माक्रोंले लकडाउनको समय थप एक महिना बढेको घोषणा गरेका छन् ।

उनले हिजो साँझ देशवासीका नाममा सम्बोधन गर्दै फ्रान्समा आगामी मे ११ सम्मका लागि लकडाउनको समय बढाईको जानकारी गराएका हुन् । फ्रान्समा गएको अप्रिल दोश्रो सातादेखि लकडाउन भै रहेको छ । सबै नागरिकको सुरक्षा राज्यसँग जोडिएको भन्दै अहिलेको यो परिस्थितिसँग सामना गर्नका लागि घरभित्र बस्नुको विकल्प नभएको राष्ट्रपति माक्रोंको भनाई छ । उनले फ्रान्सेली नागरिकहरुको अवस्था हेरी उनीहरुका परिवारलाई तत्कालीन राहत देखि आवश्यकता अनुसार अन्य नागरिकहरुलाई पनि सरकारले आर्थिक तथा सामाजिक सुरक्षाको लागि भरपर्दो व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

आगामी मे महिनाको दोश्रो सातादेखि पूर्व प्राथमिक, माध्यमिक र माध्यमिक तहका विद्यालयहरु सञ्चालनमा केही खुकुलो गरिने भएपनि विश्वविद्यालयहरु आगामी सेप्टेम्बरसम्मका लागि बन्द गर्ने राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । उनले कोरोना नियन्त्रणको यो अभियानमा अहिलेसम्म सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिक धन्यावादको पात्र भएको बताएका छन् ।

सम्बोधनमा राष्ट्रपतिले युरोपेली युनियन भित्रका अन्र्तदेशिय उडान तथा अन्य स्थल मार्गहरु अनिश्चितकालका लागि बन्द गरिने बताएका छन् । यस्तै उनले आम नागरिकले गुमाएको रोजगारीलाई मध्यनजर गर्दै सरकारले मनग्य आर्थिक छुट दिने घोषणा पनि गरेका छन् । बढी मानिसहरुको जमघट हुने सिनेमा हल, रंगशाला, डिस्कोलगायतका क्षेत्र पनि कम्तीमा ३ महिना बन्द गर्ने फ्रान्सको सरकारी टेलिभिजनले जनाएको छ ।

यो समाचार तयार गर्दासम्म फ्रान्समा झण्डै १ लाख ३७ हजार कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये १४ हजार ९ सय ६७ जनाको ज्यान गै सकेको छ । यस्तै २७ हजार ७ सय १८ जनाको उपचार सफल भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ

२०७६ मंशिर २३ गते सोमबार

१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२ नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै...

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

Top