Best Khabar Team | २०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३
काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट शुरुभएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरुले कागतिहार पर्व मनाउँदैछन् । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि शुरुहुने यमपञ्चक यो वर्ष शनिबारबाट शुरुभएको हो । यमपञ्चकको पहिलो दिन आज घर घरमा कागको पुजाआजा गरिँदैछ । परिवर्तन तथा सूचनाको सम्वाहको रुपमा मानिने कागलाई मनपर्ने खानेकुरा दिएर आज कागतिहार मनाउने गरिन्छ ।

आजैकै दिन धनत्रयोदशी (धनतेरस) मनाइँदै छ । आजै धनवन्तरी जन्यती समेत परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो वर्ष तिथि घटबढका कारण भोलि कागतिहार तथा लक्ष्मीपुजा एकैपटक परेको छ । भोलि बिहान सबेरै नरक स्नान गरेर बिहान कुकुर पुजा गर्ने तथा बेलुका घरघरमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधना गरिने छ । यस्तै यो वर्ष कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट जाँदा भाईटिका रहेको समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र...
भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...
पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
Top