Best Khabar Team | २०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३
काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट शुरुभएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरुले कागतिहार पर्व मनाउँदैछन् । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि शुरुहुने यमपञ्चक यो वर्ष शनिबारबाट शुरुभएको हो । यमपञ्चकको पहिलो दिन आज घर घरमा कागको पुजाआजा गरिँदैछ । परिवर्तन तथा सूचनाको सम्वाहको रुपमा मानिने कागलाई मनपर्ने खानेकुरा दिएर आज कागतिहार मनाउने गरिन्छ ।

आजैकै दिन धनत्रयोदशी (धनतेरस) मनाइँदै छ । आजै धनवन्तरी जन्यती समेत परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो वर्ष तिथि घटबढका कारण भोलि कागतिहार तथा लक्ष्मीपुजा एकैपटक परेको छ । भोलि बिहान सबेरै नरक स्नान गरेर बिहान कुकुर पुजा गर्ने तथा बेलुका घरघरमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधना गरिने छ । यस्तै यो वर्ष कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट जाँदा भाईटिका रहेको समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...
भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...
Top