अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार


३१ जुलाई, २०२०
काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात समूहले गराएको कार बम विस्फोटमा परी १७ जना सर्वसाधारणको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय नजिकैकै एउटा व्यस्त बजारमा भएको सो आत्मघाती आक्रमणमा सडक छेउछाउका पसलमा किनमेल गरिरहेका १७ जना सर्वसाधारणको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आत्मघाती सो विस्फोटमा आक्रमण गराउनको पनि ज्यान गएको छ । विस्फोटक पदार्थले भरिएको एउटा कारलाई आक्रमणकारीले भीडमा लगेर ठोक्काएका थिए । त्यसलगत्तै ठूलो आवाजमा सो कार विस्फोट भएको बताइएको छ । घटनामा परि केही सर्वसाधारण घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भै रहेको बताइएको छ । मुश्लिम समुदायको ठूलो पर्व ईदलाई मध्यनजर गर्दै आम नागरिक किनमेलका लागि बजारमा निक्किएको मौका छोपेर सो हमला भएको बताइएको छ ।

घटनामा तालिबानी समूहको हात रहेको आशंका गरिएपनि अहिलेसम्म त्यसको पुष्टि हुन सकेको छैन । इदलाई मध्यनजर गर्दै आतंककारी समूह तालिवानीले ३ दिने युद्धविरामको घोषण गरेको केही घण्टामै यो विस्फोट भएको हो । अफगानिस्तान सरकारले घटनालाई कायरताको संख्या दिएको छ भने अन्र्तराष्ट्रिय समूदायले पनि घटनाको निन्दा गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान ९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...

कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

Top