दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस

Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार


१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी तुनजी यो वर्षको विश्व सुन्दरी घोषित भएकी छन् । यो जित सँगै उनले पहिलो पटक अश्वेत अफ्रिकी युवतीबाट मिस युनिर्भस जित्ने लिस्टमा आफ्नो नाम दर्ज गराएकी छन् । विभिन्न चरणहरु पार गर्दै उनले अन्त्यमा उपाधी जितेकी हुन् । जर्जियाको एट्लान्टास्थित टाइलर पेरी स्टुडियोमा आयोजित भएको सो प्रतियोजितामा उनले उपाधी जितेकी हुन् । उनी एक अभियन्ताको रूपमा सक्रिय छिन् र लैङ्गिक हिंसा अन्त्यका लागि विशेष रूपमा काम गरिरहेकी छिन् ।

तस्वीर : डेलिमेल

छनोटका क्रममा उनलाई सोकिएको प्रश्नको जवाफमा उनले आफू हूर्किएको ठाउँका महिलाहरुको छालाको रङ र कपाल एउटै हुने भन्दै उनीहरुलाई कहिल्यै पनि सुन्दरताको कसीमा राख्ने नगरिएको बताइन् । अबका दिनमा यस्तो रंगभेदको अन्त्य भएको भन्दै उनले भावुक रुपमा जुरीहरुको प्रश्नको जवाफ दिएकी थिइन् ।

उनले अगाडि थपिन्– म चाहन्छु बच्चाहरू मजस्तै देखिइनु र उनीहरूको मुहारमा मेरो प्रतिबिम्ब रहोस् । यसैबीच मिस युनिर्भसको फस्र्ट रनरअपमा मिस मेक्सीको र मिस प्युरितो रि विजयी भएका छन् । प्रतियोगितामा विश्वका दर्जनौं मुलुकका सुन्दरीहरु सहभागि भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित) विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित)

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई...

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...

कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...

लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर...

Top