दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस

Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार


१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी तुनजी यो वर्षको विश्व सुन्दरी घोषित भएकी छन् । यो जित सँगै उनले पहिलो पटक अश्वेत अफ्रिकी युवतीबाट मिस युनिर्भस जित्ने लिस्टमा आफ्नो नाम दर्ज गराएकी छन् । विभिन्न चरणहरु पार गर्दै उनले अन्त्यमा उपाधी जितेकी हुन् । जर्जियाको एट्लान्टास्थित टाइलर पेरी स्टुडियोमा आयोजित भएको सो प्रतियोजितामा उनले उपाधी जितेकी हुन् । उनी एक अभियन्ताको रूपमा सक्रिय छिन् र लैङ्गिक हिंसा अन्त्यका लागि विशेष रूपमा काम गरिरहेकी छिन् ।

तस्वीर : डेलिमेल

छनोटका क्रममा उनलाई सोकिएको प्रश्नको जवाफमा उनले आफू हूर्किएको ठाउँका महिलाहरुको छालाको रङ र कपाल एउटै हुने भन्दै उनीहरुलाई कहिल्यै पनि सुन्दरताको कसीमा राख्ने नगरिएको बताइन् । अबका दिनमा यस्तो रंगभेदको अन्त्य भएको भन्दै उनले भावुक रुपमा जुरीहरुको प्रश्नको जवाफ दिएकी थिइन् ।

उनले अगाडि थपिन्– म चाहन्छु बच्चाहरू मजस्तै देखिइनु र उनीहरूको मुहारमा मेरो प्रतिबिम्ब रहोस् । यसैबीच मिस युनिर्भसको फस्र्ट रनरअपमा मिस मेक्सीको र मिस प्युरितो रि विजयी भएका छन् । प्रतियोगितामा विश्वका दर्जनौं मुलुकका सुन्दरीहरु सहभागि भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...

Top