नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो

Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार


३१ मे, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज काठमडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ सय ६६ जना संक्रमित थपिएसँगै अब देशभर कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पूर्वी नेपालको झापाका विभिन्न स्थानमा थप ४ जनामा कोरोना देखिएको छ । यस्तै धनुषा जिल्लामा थप २१ जना संक्रमित भेटिएका छन् । कपिलवस्तुकामा ५ जना र रौटहतका २९ जना संक्रमित थपिएका छन् । दुई नम्बर प्रदेशमा पर्ने सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता चार नम्बर प्रदेश अन्र्तगत पर्ने तनहुँमा १ जना, स्याङ्जाका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना र बाजुराका २ जनामा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र उनीहरुको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हालसम्म २ सय २० जना कोरोनालाई जितेर घर फर्केका छन् । यस्तै देशभरी १ हजार ३ सय उन्चास जना आइसोलेसनमा रहेको भन्दै सरकारले करिब एक लाख ३० हजार जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

कोरोनाका कारण हालसम्म देशभर ८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । बाजुरामा आइसोलेसनमा रहेकी एक बालिकाको मृत्यु पनि कोरोनाकै कारण भएको पुष्टि सरकारले गरेको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’ ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट...

लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो

२०७७ मंशिर २१ गते आइतबार

०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...

आहा ! कैलाश पर्वत आहा ! कैलाश पर्वत

२०७६ पुष १७ गते बिहिबार

शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये...

Top