Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज काठमडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ सय ६६ जना संक्रमित थपिएसँगै अब देशभर कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पूर्वी नेपालको झापाका विभिन्न स्थानमा थप ४ जनामा कोरोना देखिएको छ । यस्तै धनुषा जिल्लामा थप २१ जना संक्रमित भेटिएका छन् । कपिलवस्तुकामा ५ जना र रौटहतका २९ जना संक्रमित थपिएका छन् । दुई नम्बर प्रदेशमा पर्ने सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता चार नम्बर प्रदेश अन्र्तगत पर्ने तनहुँमा १ जना, स्याङ्जाका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना र बाजुराका २ जनामा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको अवस्था सामान्य रहेको र उनीहरुको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हालसम्म २ सय २० जना कोरोनालाई जितेर घर फर्केका छन् । यस्तै देशभरी १ हजार ३ सय उन्चास जना आइसोलेसनमा रहेको भन्दै सरकारले करिब एक लाख ३० हजार जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ ।
कोरोनाका कारण हालसम्म देशभर ८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । बाजुरामा आइसोलेसनमा रहेकी एक बालिकाको मृत्यु पनि कोरोनाकै कारण भएको पुष्टि सरकारले गरेको छ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल पनि देखियो सलह किरा !
२०७७ असार १३ गते शनिबार
२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...
पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...
सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया
२०७७ श्रावण १३ गते मंगलबार
२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...
कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...
Top