Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
१० डिसेम्बर, २०१९
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त सदस्यहरुको चुनावी प्रक्रिया आगामी माघ ९ गते गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले सभामा रिक्त एक तिहाइ सदस्यको चुनावको मिति प्रस्ताव गरेको हो ।

आगामी फागून २० गते पदावधि सकिन लागेका १९ जना सदस्यहरुको पदावधि सकिनु झण्डै डेढ महिना अघि नै चुनाव गर्न आयोगले सरकारसमक्ष मिति प्रस्ताव गरेको हो । २०७४ साल फागून २१ गते पदभार ग्रहण गरेका ५९ सदस्य मध्ये १९ जनाको २ वर्षे कार्यकाल सकिनुअघि नै आयोगले चुनाव गर्ने गरी मिति प्रस्ताव गरेको हो ।
त्यसो त राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था अनुसार उनीहरुको पदावधि फागून २० मा सकिन लागेको हो । राष्ट्रिय सभाका ५९ सदस्यीय मध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ
२०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...
केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...
कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’
२०७७ जेठ १० गते शनिबार
सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...
कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...
Top