Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
१० डिसेम्बर, २०१९
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त सदस्यहरुको चुनावी प्रक्रिया आगामी माघ ९ गते गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले सभामा रिक्त एक तिहाइ सदस्यको चुनावको मिति प्रस्ताव गरेको हो ।

आगामी फागून २० गते पदावधि सकिन लागेका १९ जना सदस्यहरुको पदावधि सकिनु झण्डै डेढ महिना अघि नै चुनाव गर्न आयोगले सरकारसमक्ष मिति प्रस्ताव गरेको हो । २०७४ साल फागून २१ गते पदभार ग्रहण गरेका ५९ सदस्य मध्ये १९ जनाको २ वर्षे कार्यकाल सकिनुअघि नै आयोगले चुनाव गर्ने गरी मिति प्रस्ताव गरेको हो ।
त्यसो त राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था अनुसार उनीहरुको पदावधि फागून २० मा सकिन लागेको हो । राष्ट्रिय सभाका ५९ सदस्यीय मध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...
नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...
ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा...
दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...
Top