एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार


२२ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले आज बिहान ३० जनामा, दिउँसो २० जना र अहिले साँझ ९ जना गरी देशभर ५९ जनामा आजमात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शुक्रबार राति साढे ८ बजे जारी गरेको विज्ञप्ति अनुसार थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुरमा १, मकवानपुरका १ र धरानमा १ गरी थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाराको सिम्रौनगढका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा ४२ वर्षकी महिला संक्रमणमामा परेको मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मकवानपुरमा ५४ वर्षकी एक महिला र धरानमा ३५ वर्षका पुरुषमा कोरोना देखिएको हो । बाराको सिमग्रनगढमा देखिएका सबै पुरुष रहेका छन् ।

उनीहरु २२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । सरकारले यसअघि आजै डडेलधुरा, बैतडी, बाँके, नवलपरासी, नवलपरासीपूर्व, चितवन, कपिलबस्तु र सर्लाही जिल्लामा गरी ५० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरिसकेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुलाई सम्बन्धित जिल्लास्थित आइसोलेसनमा राखेर चिकित्सकको निगरानीमा उपचार भै रहेको बताइएको छ । हालसम्म देशभरबाट ७१ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको कारोना संक्रमणमा परी ज्यान गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

गैरआवासीय  नेपाली  संघको अध्यक्षमा डा. बद्री केसी बिजयी गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी

२०८० कार्तिक २ गते बिहिबार

१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा) ‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...

Top