Best Khabar Team | २०७६ मंशिर ३० गते सोमबार

१७ डिसेम्बर, २०१९
काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका तारहरुको गुजुल्टोले अस्तव्यस्त देखिँदै आएको काठमाडौंको पर्यटकीय नगरी ठमेल अब सफा देखिने भएको छ । काठमाडौं महानगरपालिका र ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रमा भएका अव्यवस्थित तारहरुलाई भूमिगत ढंगले व्यवस्थापन गर्ने काम शुरुभएसँगै ठमेलेको मुहार फेरिन लागेको हो ।
त्यसका लागि केही साता अघि ठमेल पर्यटन विभाग परिषद्ले सूचना निकालेर आफ्नो टेलिफोन तथा केवलको तार हटाउन सम्बन्धित घर धनीलाई निर्देशन दिइसकेको थियो । परिषद्ले आइतबारबाट ठमेल क्षेत्रमा रहेका तारहरुलाई काटेर ठमेल क्षेत्रलाई सफा तथा सुन्दर बनाउने अभियान शुरु गरेको छ ।
क्रिसमस, नयाँवर्ष तथा नेपाल भ्रमणवर्ष २०२० लाई मध्यनजर गरेर ठमेल क्षेत्रको अव्यवस्थित तारहरु हटाउने अभियान शुरु भएको परिषद्को भनाई छ । केही महिना भित्रमा तारहरु हटाएर यसलाई भूमिगत रुपमा बिच्छ्याउने काम सम्पन्न हुने परिषद्ले जनाएको छ ।
ठमेल क्षेत्रमा तारहरु हटाईँदाका केही तस्वीरहरु ।






स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै
२०७६ आश्विन २५ गते शनिबार
१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
Top