२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा विगत २४ घण्टा यता देशका करिब ३ दर्जन जिल्लामा २ सय १ जना कोरोना संक्रमित थप भएको जानकारी गराइएको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोनाबाट काठमाडौंमा थप एक जनाको निधन भएको पुष्टि गरे । उनी दोलखाका एक ७६ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाई छ । मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् ।

  • धनुषामा १
  • काठमाडौंमा ३
  • नवलपरासीमा ८
  • रौतहटमा ११
  • सर्लाहीमा १५
  • सिन्धुपाल्चोकमा १
  • पर्सामा ७
  • दैलेखमा ७,
  • सल्यानमा ३
  • मोरङमा २
  • तेह्रथुममा १
  • धनकुटामा१
  • सप्तरीमा १
  • ताप्लेजुङमा ३
  • झापामा २
  • पाँचथरमा १
  • सुनसरीमा ८
  • कैलालीमा ३,
  • डोटीमा२
  • कपिलवस्तुमा ६९
  • पाल्पामा २
  • रूपन्देहीमा २७
  • महोत्तरीमा ९
  • कालीकोटमा ७
  • दाङमा ५ र
  • प्युठानका २ जना ।

संक्रतिहरु अहिले आइसोलेसनमा रहेको बताइएको छ । यस्तै देशभर हालसम्म २७८ जना उपचारपछि अस्प्तालबाट घर फर्केका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर डेढ लाख भन्दा बढी मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो २ साता यता भारतबाट नेपालमा आउने नेपालीहरुको संख्या बढ्दै जाँदा कोरोना संक्रमण पनि बढेको मन्त्रालयको ठहर छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

२०७७ असार २१ गते आइतबार

०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...

स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित) स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...

Top