तिलिचोको ‘तिलस्मी जादू’

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


कसरी पुग्ने तिलिचो ?

पहिलो बाटो
यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु गर्नुपर्दछ । काठमाडौंबाट सिधै बसमा लमजुङ्गको बेसीसहर पुग्ने र बेसीशहरबाट स्थानीय चिसाङ, हुम्दे, श्रीखर्क हुँदै तीन दिनको क्याम्प बसाई पछि तिलिचो पुग्न सकिन्छ ।

दोश्रो बाटो :
यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु गर्नुपर्दछ । काठमाडौंबाट मुस्ताङसम्मको यात्रा बस तथा प्लेनमा गर्न सकिन्छ । बसमा भन्दा प्लेनमा केही महंगो हुन्छ । काठमाडौंबाट म्याग्दी हुँदै मुस्ताङ्गसम्म जीपमा जान पनि सकिन्छ । अथवा तपाईँसँग रकम भने काठमाडौंबाट पोखरासम्म प्लेनमा जाने र त्यसपछि पोखराबाट जोमसोमसम्म प्लेनमा पुनः चढेर मुस्ताङ्गको जोमसोम विमानस्थलमा झर्न सकिन्छ । त्यहाँबाट स्थानीय ठिनी, याकखर्क, म्यासकोकन्दो हुँदै दुई दिनको पैदल तथा क्याम्प बसाई पछि यो तलिचो ताल पुग्न सकिन्छ ।

विश्वको सबैभन्दा उचाईमा रहेको पानीको विशाल पोखरी । हिमालपारीको जिल्ला मनाङ्गमा पर्ने यही पोखरी यतिबेला विश्वभर ‘तिलिचो ताल’को रुपमा प्रसिद्ध छ । विदेशी अनि स्वदेशी पर्यटकहरुले यो पोखरीमा पुग्ने उत्कट् अभिलाष राखेका हुन्छन् । कति यहाँ पुगिसकेका होलान् त कति जाने योजना बनाउँदै होलान् ।

समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटरको उचाईमा अवस्थित छ यो ताल । ४ किलोमिटर लम्बाई तथा १ दशमलव २ किलोमिटर चौडाइ रहेको यो तालमा पुग्ने जो सुकै यो तालको मोहनीमा परिसकेको हुन्छ । मुस्ताङ्गको ठिनी हुँदै तिलिचोतर्फ अघि बढ्दा बाटोमा भेटिर्ने अनेक खाले प्राकृतिक आरोह अवरोध सामना यहाँ पुग्ने जो सुकैले पनि गर्नुपर्ने हुन्छ । ऊ माथि कता को कता देखिने कहालीलाग्दो उकालो तथा तलतिर हेर्दा आँङ् नै सिरिङ्ग हुने भीरलाई छिचोल्दै अघि बढ्न त्यति सहज कहाँ छ ? तर अप्ठेरा अनुभूति सँगै यात्रा त्यनि नै रोमाञ्चकारी पनि बनिदिन्छ । यहाँको वातावरण र हावापानीले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पारिदिन्छ । यात्राका क्रममा अघिबढ्दा जति माथि पुगिन्छ, त्यति नै चिसो बढ्दै जान्छ । जुन कुराको अनुभव स्वयंले पनि गर्न सकिन्छ ।

तस्वीरहरु सबै : सुनिल तिवारी । वेस्टखबर डटकम

यात्राका क्रममा पुगिने स्थानीय ‘स्टे«नपास’बाट हेर्दा तिलिचो तालको मोहकता छताछुल्ल हुन्छ । दायाबाँया आकर्षक रुपमा फैलिएको अवस्था देखिन्छ स्ट्रेनपासबाट तिलिचो । हिमाली भेगको डाँडामा कानको जालीसम्म पुग्ने गरी चल्ने चिसो सिरोटोको पर्वाह नगरी यात्रालाई अघि बढाईरहँदा चिसोको भन्दा हावाको छोक्काले कता कता काउकुती लागिरहेको भान पो हुन्छ । अनि हावाको त्यही गतिसँगै यताउता हल्लिने तिलिचोका पानी । हावा केही रोकिएका बेला तिलिचोभित्रको पानीमा आसपासका तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ जस्ता चर्चित हिमालपर्वतहरु यही तालभित्र पौडिइरहेका छन् झै लाग्छ । पहिलो पटक यहाँ पुग्ने मान्छेले यो ठाउँलाई कुनै चित्रकारले तयार पारेको सुन्दर तस्वीरसँग तुलना गर्न भ्याउँछ ।

किनभने झट्ट हेर्दा कुनै चित्र जस्तै पूर्णरुपमा सुन्दर र ‘कलरफूल’ छ तिलिचो । यसबीचमा भेटिने विभिन्न खालेका रमणीय खर्क, हिमाली बनस्पती, बन्यजन्तुलगायत यो क्षेत्रको गहनाको रुपमा रहेको छ । जसले यो क्षेत्रको सुन्दरतालाई थप निखार ल्याईदिएको छ । पौराणिक कथनलाई पल्टाउँदा रामचरितमानसँग जोडियो छ तिचिलो ताल । भारतका सन्त मुरली बाबाले विक्रम सम्वत् २०५१ सालमा तालको किनारामा १ सातासम्म होम तथा सप्ताह ज्ञान महायज्ञ लगाएर रामचरितमान वाचन गरेको स्थानीयहरुको भनाई छ । हिन्द ुधर्मावलम्बीको लागि यो ताल जति चर्चित छ, त्यति नै बौद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र बनिदिएको छ । यहाँ पुग्दा मान्छेले आफूलाई विर्सन्छ र यहाँको शान्त तथा सुन्दर परिभेषमा हराउँदछ ।
यति पढिसकेपछि तपाईँको मनमा पनि तिलिचो जाउँ जाऊँ लाग्न सक्छ, जो अहिलेसम्म तिलिचो ताल पुग्न पाउनुभएको छैन ।

कति खर्च लाग्छ ?
काठमाडौंबाट लाग्ने गाडीभाडा तथा अन्य खाइखर्च सबैलाई जोड्दा तिचिचो तालसम्म पुगेर पुनः काठमाडौं फर्कन प्रतिव्यक्ति करिब ४० हजार हजार रुपयाँसम्म लाग्नसक्छ । यो रकम भनेको तिलिचो ताल पुगेर काठमाडौं फर्कने सम्मको खर्च हो । विशेष गरी तिलिचो क्षेत्रमै पुग्दा भने खानेकुराको जोहो आफैं गर्नुपर्ने अवस्था छ । ड्राइफुड झोलामा प्याक गरेर हिँड्दा धेरै सहज हुन्छ । ताल किनारामा रहेको रियल भ्यू रेष्टुरेन्ट ३ महिना अर्थात् भदौ, असोज र कार्तिक महिना मात्रै सञ्चालनमा आउँदछ । यो भन्दा अघि पछिका लागि खाने व्यवस्था यहाँ पुग्ने पर्यटक स्वयंले गर्नुपर्ने हुन्छ ।

यहाँ जाने उपयुक्त मौसम
विशेष गरी भदौ असोज तथा कात्तिक महिना यो ठाउँमा पुग्नको लागि उपयुक्त मौसम हो । अरु बेलामा यहाँ पुग्दा यहाँ बढी चिसो हुने तथा हिउँ पर्ने समस्या देखिन्छ । कोही केही बैशाखको अन्त्य तथा जेठ तिर पनि यहाँ पुग्छन् । तर पनि उपयुक्त मौसम भनेको वर्षापछि दशैं तिहारको बीच सम्म हो।

के के लैजाने ?
यहाँ पुग्नका लागि केही बाक्ला लुगा लैजानुपर्ने हुन्छ । ज्याकेट, पञ्जा, टोपी, सन्स क्रिम, पानी, केही ड्राइफुड तथा केही अत्यावश्यक औषधी बोक्नु बुद्धिमानी हुन्छ ।

कसलाई सम्पर्क गर्ने ?
यदि तपाईँहरुमध्ये कसैलाई तिलिचो ताल घुम्ने रहर लागेको छ भने हामी तपाईँको यात्रालाई सहज र फलदायी बनाउन सक्दछौं । विभिन्न पर्यटन कम्पनीहरुसँग समन्वय गरेर हाम्रो टिमले कम शुल्कमा घुमघामको चाँजोपाँचो मिलाईदिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

दक्षिण एसियाली खेलकुदको  पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...

Top