२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१७ जुन, २०१८
काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे होटेल हायत रिजेन्सी बन्द भएको छ । पछिल्लो समयमा त्यहाँ कार्यरत कर्मचारीहरुले सेवा सुविधाको विषयलाई लिएर पटक पटक होटल प्रशासनसँग छलफलको कोशिष गरेका थिए । करिब ४ सय कर्मचारीहरु कार्यरत सो होटल २० वर्षदेखि सञ्चालनमा रहेको र राम्रो मुनाफा गरिरहेको होटलको रुपमा रहेकोछ ।

त्यहाँ कार्यरत कर्मचारी तथा मजुर संगठनहरुले अस्पताल प्रशासनले आफूहरुलाई जानकारी नै नगराईकन होटल बन्द गरिँदा आफूहरुको रोजीरोटी गुमेको तथा होटलबाट प्राप्त हुनुपर्ने सेवा सुविधा नपाइएको गुनासो गर्दै आइरहेका छन् । केही महिनादेखि होटल प्रशासनले मजदुरहरूको सेवा–सुविधा कटौती गरेको भन्दै त्यहाँ कार्यरत मजदुहरु होटल प्रशासनसँग क्रुद्द बनेका थिए । होटल बन्द भएसँगै होटल प्रशासनले नेप्सेमा समेत सेयर कारोबार बन्दका लागि पत्र पठाइएको होटल स्रोतको दाबी छ ।

Gallery image of this property
होटल परिसर । तस्वीर साभार : बुकिङ् डटकम

सेवा–सुविधा कटौतीको विरोधमा मजदुरले केहीदिनदेखि आन्दोलन जारी राख्दा होटलमा आएका पाहुनाहरुलाई पनि अन्य होटलमा सारिएको थियो । होटल १९९२ मा दुई भारतीय व्यवसायी राधेश्याम सर्राफ र अरुण सर्राफ तथा नेपाली व्यवसायी रामलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठले करिब ३ सय रोपनी जग्गा भाडामा लिएर होटल सञ्चालनमा ल्याएका थिए । पूर्ण तयारीपछि सन् २००० देखि होटलले पाहुनाहरुलाई सत्कार दिन शुरु गरेको थियो । विशेष गरी तारागाउँ विकास समितिसँग भाडामा लिएको करिब डेढ सय रोपनी जग्गाको स्वामित्वको विषयमा विवाद भएपछि होटल बन्द हुने अवस्थामा आएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...

१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान १५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...

Top