बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार


०४ मार्च, २०२०
सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप ९ जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको छ । यहाँका सञ्चारमाध्यमले दिएको जानकारी अनुसार स्थानीय साल्मावादस्थित एउटा क्याम्पसमा बस्ने ९ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

करिब ४ सय जना बसोबास गर्दै आएको साल्मावादको सो क्याम्पसमा रहेका ९ जना नेपालीमा कोरोना संक्रमण भेटिएको र उनीहरुलाई आइसोलेसनमा राखेर उपचार भै रहेको बहराइनस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । उनीहरुको अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको । सो क्याम्पसमा रहेका ३ सय भन्दा बढीको उपचार सफल भएको र केहीको मृत्यु समेत भएको बताइएको छ ।

बहराईन सरकारले लकडाउन गरी नियम उल्लंघन गर्नेलाई तीन महिनासम्म जेलको व्यवस्था गरेका कारण पनि यहाँका नेपाली तथा अन्य विदेशी कामदारले नियम उल्लंघन गरेका छैनन् । बहराईनमा रहेका अन्य नेपालीहरु भने अहिलेसम्म सुरक्षित रहेको दूतावासको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

Top