Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०
काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा परिचित बरिष्ठ गीतकार रत्न शमशरेर थापा आज ब्रह्मलीन भएका छन् । नशा सम्बन्धी रोगका कारण लामो समयदेखि पीडित थापाको उपचारको क्रममा आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपाली सुगम संगीतमा एउटा रत्नको रुपमा परिचय छाड्न सफल थापाले रचना गरेका दर्जनौं गीतहरु अहिले पनि कालजयी बनेर नेपाली सांगीतिक आकाशमा सुरक्षित रहेको छ । ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै’ लगायतका दर्जनौ गीतहरुको शब्द उनै स्वर्गीय गायक थापाको रचना हो ।

स्वर सम्राट स्वर्गीय नारायणगोपालले समेत उनको रचनाको गीत गाएका थिए । सन् १९३९मा जन्मिएका थापाका २ दर्जनजति गीत तथा कविताहरुको संग्रहहरु पनिरहेको छ । १८ वर्षको उमेरदेखि गीत लेखन शुरु गरेका थापाको आज ८३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...
अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...
अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
Top