ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा

Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार


२८ मे, २०२०
काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा परिचित बरिष्ठ गीतकार रत्न शमशरेर थापा आज ब्रह्मलीन भएका छन् । नशा सम्बन्धी रोगका कारण लामो समयदेखि पीडित थापाको उपचारको क्रममा आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपाली सुगम संगीतमा एउटा रत्नको रुपमा परिचय छाड्न सफल थापाले रचना गरेका दर्जनौं गीतहरु अहिले पनि कालजयी बनेर नेपाली सांगीतिक आकाशमा सुरक्षित रहेको छ । ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै’ लगायतका दर्जनौ गीतहरुको शब्द उनै स्वर्गीय गायक थापाको रचना हो ।

स्वर्गीय थापाको साहित्यिक कृति

स्वर सम्राट स्वर्गीय नारायणगोपालले समेत उनको रचनाको गीत गाएका थिए । सन् १९३९मा जन्मिएका थापाका २ दर्जनजति गीत तथा कविताहरुको संग्रहहरु पनिरहेको छ । १८ वर्षको उमेरदेखि गीत लेखन शुरु गरेका थापाको आज ८३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

एकै टोलका  १५ जनामा कोरोना संक्रमण एकै टोलका १५ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...

दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय...

Top