Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद भवनको रुपमा रहेको काठमाडौंको सिंहदबारस्थित संसद भवन अब भत्काइने भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्व बोकेको सो संसद भवन भत्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएसँगै अब सो भवन राज्यले सञ्चालन गर्ने गेष्टहाउस ‘स्टेस गेष्टहाउस’मा परिणत हुने भएको हो । मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदाबरको मध्यभागमा रहेको सो भवन भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो ।
तत्कालका लागि प्रवलीकरण गरेर सो भवन चलाउने चर्चा चलेपनि संसदीय समितिले तत्काल सो भवन भत्काएर त्यहाँ ‘स्टेट गेष्टहाउस’ सञ्चालन गर्न सरकारलाई निर्देशन दिएसँगै सो भवन अब भत्किने भएको हो । यद्यपि सरकारले भने सो भवन भत्काएर त्यहाँ गेष्ट हाउस चलाउने वा अन्य भवन बनाउने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन । संसदको विकास तथा प्रविधि समितिको आजको बैठकले पुरानै स्वरुप देखिने गरी सो भवन भत्काएर त्यहाँ नयाँ भवन बनाउन भनेको हो । समितिकी सभापति कल्याणी खड्काले बैठकमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमार्फत सरकारलाई तत्काल सो भवन भत्काउन निर्देशन दिएकी हुन् । हाल नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक बस्ने गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ
२०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...
काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...
चीनका नेपालीको उद्दार कहिले ?
२०७६ माघ २२ गते बुधबार
पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...
Top